PahiloPost

Jun 22, 2026 | ८ असार २०८३

संस्थापनइतरलाई चाँडो साझा उम्मेद्वार चयन गर्न युवा नेताको दवाब



पहिलोपोस्ट

संस्थापनइतरलाई चाँडो साझा उम्मेद्वार चयन गर्न युवा नेताको दवाब

काठमाडौं: नेपाली कांग्रेसको महाधिवेशन नजिकिँदै गर्दै विभिन्न पदमा उम्मेद्वारी घोषणाको क्रम चलिरहेको छ। संस्थापन इतरबाट वरिष्ठ नेता रामचन्द्र पौडेल, वर्तमान महामन्त्री शशांक कोइराला, नेताहरु प्रकाशमान सिंह र शेखर कोइराला आकांक्षी छन्।

सभापतिका आकांक्षीहरुले आइतबार पनि छलफल गरे। वरिष्ठ नेता पौडेलको निवास बोहोराटारमा छलफल भएको हो। सबै नेताहरुले आफ्नो दाबी कायमै राखेका छन्। तर, साझा उम्मेद्वार चयनबारे नेता सिंहको निवासमा सोमबार चार नेताबीच पुनः छलफलको सहमति भएको छ।

यता संस्थापन इतरका युवा नेताहरु गगन थापा, चन्द्र भण्डारी, धनराज गुरुङलगायत साझा उम्मेद्वार तय गर्नका लागि दवाब दिन बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा जुटेका छन्। संस्थापनइतरको बैठक चाक्सीबारी प्रकाशमान निवासमा बस्दैछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell