PahiloPost

May 10, 2026 | २७ बैशाख २०८३

समीक्षकको नजरमा झुर फिल्म, कमाईको हिसाबले सफल, २ सय करोड नजिकै सूर्यवंशी



पहिलोपोस्ट

समीक्षकको नजरमा झुर फिल्म, कमाईको हिसाबले सफल, २ सय करोड नजिकै सूर्यवंशी

समीक्षकको नजरमा निक्कै कमजोर सावित भए पनि बलिउडका अभिनेता अक्षयकुमारको फिल्म सूर्यवंशी दुई सय करोडको मुखैमा पुगेको छ।

फिल्म रिलिजको पाँचौ सातामा पुग्दा फिल्मले कलेक्सन जारी राखेको छ। नयाँ फिल्म रिलिज हुनेक्रमसँगै स्क्रिन संख्या र सो संख्या घट्दा पनि गएको सप्ताहन्त फिल्मका लागि उल्लेख्य रह्यो। शुक्रावार ३६ लाख कलेक्सन गरेको फिल्मले शनिवार ६६ लाख र आइतवार ९९ लाखको आम्दानी गर्‍यो।

भारतमा मात्र फिल्मले १ करोड ९३ लाख ३७ हजारको कारोबार गरेको ट्रेड एनलिस्ट तरन आदर्शले जनाएका छन्। सलमान खानको फिल्म अन्तिमको रिलिजसँगै अक्षय कुमारको फिल्मको कमाइ रोकिने अपेक्षा गरिएको थियो जसलाई सूर्यवंशीले गलत ठहर्‍यायो। 

फिल्म सूर्यवंशी रोहित सेट्टीको निर्देशनमा बनेको बलिउड मसलेदार फिल्म हो। समीक्षकको नजरमा कमजोर सावित भए पनि कोभिड १९ को संक्रमणपछि धरमराएको बलिउडलाई यसले ऊर्जा भने दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell