PahiloPost

May 16, 2024 | ३ जेठ २०८१

विवाहका लागि जयपुरमा कट्रिना र विक्की, पाहुनालाई पीसीआर रिपोर्ट र भ्याक्सिनको दुवै डोज अनिवार्य



पहिलोपोस्ट

विवाहका लागि जयपुरमा कट्रिना र विक्की, पाहुनालाई पीसीआर रिपोर्ट र भ्याक्सिनको दुवै डोज अनिवार्य
Photo : India Today

बलिउडमा अहिले फिल्महरुका बारेमा भन्दा बढी चर्चा कट्रिना कैफ र विक्की कौशलको विवाहलाई लिएर भइरहेको छ। निकै लामो समयदेखि यी दुईबिच सम्बन्ध रहेको हल्ला चलेको थियो। तर सार्वजनिक रुपमा दुवैले हल्लका बारेमा केही बोलेका थिएनन्।

यही मंसिर २३ गते कट्रिना र विक्की विवाह बन्धनमा बाधिँदैछन्। राजस्थानस्थित होटल सिक्स संसेस बरवाडा फोर्टमा वैवाहिक कार्यक्रम हुने तय भएको भारतीय मिडियाले उल्लेख गरेको छ। यी दुवैको परिवार सोमवार नै जयपुर पुगिसकेका छन्। तर, कट्रिना र विक्कीले औपचारिक रुपमा विवाहको बारेमा अझै पनि केही खुलाएका छैनन्।

उनीहरुको विवाह कार्यक्रममा सरिक हुन बलिउड कलाकारहरु राजस्थान जाने क्रम सुरु भइसकेको छ। निकै 'प्राइभेट' राखिएको विवाह समारोहमा ककसलाई बोलइएको छ भन्ने कुरा अहिले बलिउडमा गसिपको विषय बनेको छ।

विवाहमा १२० जना पाहुना सहभागी हुने बताइएको छ। विवाहमा आउने पाहुनाले पीसीआर टेस्ट र कोभिड १९ विरुद्धको पूर्ण खोप लगाएको हुनुपर्नेछ।

राजस्थानमा कोरोनाको नयाँ भेरियन्ट ओमोक्रन देखिएका कारण स्वास्थ्य सतर्कता अपानउन समेत भनिएको छ। यी दुई जनाको विवाहलाई लिएर जिल्ला अधिकारीहरुले बैठक समेत बसेका छन्। कलेक्टरसँगै वेडिङ प्लानर, होटलका म्यानेजर लगायत सरोकारवालाको बैठकमा विवाहमा कुनै अप्रिय घटना हुन नदिन सावधानी अपनाउने बारे छलफल भएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell