PahiloPost

Mar 12, 2025 | २८ फागुन २०८१

हलचोकबाट आकाश भैरवको मूर्ति चोरी



पहिलोपोस्ट

हलचोकबाट आकाश भैरवको मूर्ति चोरी

काठमाडौं : सोमवार राति हलचोकबाट आकाश भैरवको मूर्ति चोरी भएको छ। हल्चोक आकाश भैरव गुठीका अध्यक्ष सागर पुतुवारले मूर्ति चोरी भएको जानकारी दिए। राति करिब १२ बजेको मूर्ति चोरी गरेको उनले बताए। प्रहरीले घटनाको छानबिन गरिरहेको छ।

पछिल्लो केही समयदेखि काठमाडौं उपत्यकामा देवदेवीको मूर्ति चोरी हुने क्रम बढेको छ। केही दिन अघि गोदावरीस्थित सिद्धेश्वर महादेव मन्दिरबाट श्रीनारायण र बसुन्धाराको मूर्ति चोरी भएको थियो। चोरी भएको बसुन्धाराको मूर्ति नजिकैको जंगलमा भेटिएको थियो। यस्तै, केही दिन अघि हरिसिद्धिबाट पनि मूर्ति चोरी भएको थियो।

पछिल्लो समय नेपालबाट चोरी भएका मूर्तिहरु विदेशका म्यूजियममा फेला पर्ने क्रम बढेको छ। हालै ओमबहालको न्हू छेँ बहा: मा रहेको अशोबया बुद्धको मूर्ति अमेरिकास्थित कलेक्सन अफ तिबेत हाउस युएसमा भेटिएको छ।

शनिवारमात्रै पाटनको पट्को टोलबाट ३७ वर्षअघि चोरी भएको लक्ष्मी नारायणको मूर्तिलाई पुनर्स्थापना गरिएको थियो। विदेशस्थित संग्राहलमा रहेका नेपालका मूर्तिहरु फर्काउन सरकारलाई अभियन्ताहरुले दबाब दिँदै आएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell