PahiloPost

Jun 22, 2026 | ८ असार २०८३

कांग्रेस महाधिवेशन : सहमहामन्त्रीमा कास्कीका जीवन परियारको दाबी



पहिलोपोस्ट

कांग्रेस महाधिवेशन : सहमहामन्त्रीमा कास्कीका जीवन परियारको दाबी

काठमाडौं : नेपाली कांग्रेसको १४ औं महाधिवशेनको मिति नजिकिएसँगै पदाधिकारीमा आकांक्षी नेताहरुले उम्मेदवारी घोषणा गर्ने क्रम बढेको छ। जीवन परियार सहमहामन्त्रीमा उम्मेदवारी घोषणा गरेका छन्।

मंगलबार अनामनगरको युनियन हाउसमा पत्रकार सम्मेलन गरि सहमहामन्त्री दलित समावेशीतर्फ उनले उम्मेदवारी घोषणा गरेका हुन्। उनी रामचन्द्र पौडेल पक्षका नेता हुन्।

कास्की १ रुपा नगरपालिका वडा १ का परियार पिएन क्याम्पसबाट नेविसंघको राजनीतिमा प्रवेश गरेका हुन्। उनी नेपाल दलित संघ कास्कीको संस्थापक सचिव समेत हुन्।

कांग्रेसमा विभिन्न क्लस्टर गरि ८ सहमहामन्त्री निर्वाचित हुनेछन्।

उम्मेदवारी घोषणा गर्दै उनले सबल नेतृत्व चयन र पार्टीको संगठन निर्माणका लागि खटिने बताए।

'नेविसंघलगायत भ्रातृसंगठन १०/१२ वर्षदेखि अस्तव्यस्त छ। तिनलाई सुधार्ने काममा म लाग्छु। जनताको विश्वासका लागि विकास र समृद्धि आवश्यक छ। सर्वाङ्गीण विकास पार्टीको मुल एजेन्डा हुनुपर्छ भन्ने पक्षमा म छु। यसका लागि पार्टीमा बेग्लै विभागको आवश्यता छ भन्ने मेरो माग हुनेछ' उनले भने।

मंसिर २४ गतेदेखि कांग्रेसको महाधिवेशनमा सुरु हुँदैछ। मंसिर २५ गते भृकुटीमण्डपमा उद्घाटन हुने कार्यतालिका रहेको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell