काठमाडौं : नेपाली कांग्रेसलाई अहिले १४ औं महाधिशेवनको चटारो छ। मंसिर २४ गतेदेखि सुरु हुने महाधिवेशनका लागि अहिले उद्घाटनसत्र हुने भृकुटीमण्डपमा तयारी भइरहेको छ।
मञ्च व्यवस्थापनदेखि बुथ व्यवस्थापनसम्मका लागि अहिले छलफल भइरहेको छ। यता, महाधिवेशनस्थलमा नेपाली कांग्रेसको चार तारे झण्डा र चुनाव चिह्न रुख अंकित झण्डा राख्न सुरु गरिएको छ।
.jpg)
कांग्रेस प्रवक्ताले झण्डा हस्तान्तरण गरेसँगै भृकुटीमण्डपमा झण्डा राख्न सुरु गरिएको छ। कांग्रेसल रुख र चार तारे झण्डा गरी भृकुटीमण्डपभर करिब ५ हजार झण्डा राख्ने जनाएको छ।
