PahiloPost

May 14, 2024 | १ जेठ २०८१

चाक्सीबारीमा जुट्यो संस्थापन इतर समूह, चार नेतामध्ये होला त कोही साझा उम्मेदवार ?



पहिलोपोस्ट

चाक्सीबारीमा जुट्यो संस्थापन इतर समूह, चार नेतामध्ये होला त कोही साझा उम्मेदवार ?

काठमाडौं : नेपाली कांग्रेसको १४ औं महाधिवेशनलाई केही दिनमात्रै बांकी रहँदा संस्थापन इतर समूह छलफलमा जुटेको छ। संस्थापन इतर समूहमा सभापति पदका आकांक्षीहरु धेरै भएपछि साझा उम्मेदवार छान्ने भनेर सोमबारबाट नै नेताहरु छलफलमा जुटेका थिए।

अहिले ठमेलको चाक्सीबारीस्थित प्रकाशमान सिंह निवासमा नेताहरुबिच छलफल भइरहेको छ। बैठकमा सभापति पदका आकांक्षी सिंह सहित वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शंशाक कोइराला, शेखर कोइराला सहभागी छन्। उनीहरुको समूहमा रहेका नेताहरु समेत चाक्सीबारी पुगेका छन्।

सोमबार रामचन्द्र पौडेलको बालाजु हाइटस्थित बोहोराटारमा संस्थापन इतरका नेताहरुबिच छलफल भएको थियो। तर, उक्त छलफलले कुनै निष्कर्ष निकाल्न सकेको थिएन।

संस्थापनबाट सभापतिमा शेरबहादुर देउवा उम्मेद्वारमा दोहोरिने निश्चित भइसकेको अवस्थामा इतर समूहले उम्मेद्वार टुंगो लगाउन सकेको छैन।

आजको बैठकमा देउवाविरुद्ध साझा उम्मेद्वार चयनबारे छलफल हुने बताइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell