PahiloPost

Apr 8, 2026 | २५ चैत्र २०८२

थप ३ सय १५ जनामा संक्रमण, २ जनाको मृत्यु



पहिलोपोस्ट

थप ३ सय १५ जनामा संक्रमण, २ जनाको मृत्यु

काठमाडौंः पछिल्लो २४ घण्टामा थप ३ सय १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले उपलब्ध गराएको जानकारी  अनुसार ११ हजार ८ सय १० जनाको नमुना परीक्षण गर्दा ३ सय १५ जनामा संक्रमण पुष्टि भएको हो। त्यस्तै, सोही अवधिमा ३ सय ४ जना संक्रमणमुक्त भएका छन्। अहिले देशभर सक्रिय संक्रमितको सङ्ख्या ६ हजार ३ सय ५२ रहेको छ।

यही अवधिमा संक्रमण भएका दुई जनाको मृत्यु भएको छ। अहिलेसम्म देशभर कोरोना सङ्क्रमणबाट मृत्यु हुनेहरूको सङ्ख्या  ११ हजार ५ सय ४५ पुगेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell