PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

महाधिवेशन प्रतिनिधिमा पराजित पुरञ्जन आचार्य भन्छन्, 'शेखर र रामचन्द्रले डुबाए'



पहिलोपोस्ट

महाधिवेशन प्रतिनिधिमा पराजित पुरञ्जन आचार्य भन्छन्, 'शेखर र रामचन्द्रले डुबाए'
तस्विर : पुरञ्जन आचार्यको फेसबुक

काठमाडौं : नेपाली कांग्रेसको वैचारिक पक्षबारे सैद्धान्तिक बहस चलाउँदै आएका विश्लेषक पुरञ्जन आचार्यले आफूलाई आफ्नै पक्षका नेताहरुले डुबाएको आरोप लगाएका छन्।

मोरङ क्षेत्र २ बाट महाधिवेशन प्रतिनिधिमा पराजित भएपछि पहिलोपटक उनले यस्तो प्रतिक्रिया दिएका हुन्। कांग्रेस सभापतिका दाबेदार डा शेखर कोइरालाका प्रचारक भनी आरोप खेपेका आचार्यले महाधिवेशन प्रतिनिधि नबन्ने भन्दाभन्दै वरिष्ठ नेता रामचन्द्र पौडेल र डा शेखरले आफूलाई डुबाएको आरोप लगाएका हुन्।

मंगलवार राजधानीको प्रज्ञा भवनमा 'कसले सुधार्छ कांग्रेस ?' शीर्षकको किताब विमोचनमा उनले भने, 'मलाई गाउँमा टुरिस्ट कांग्रेस आयो भनेर हराइदिए। छ महिना अघि कांग्रेस त्याग्छु भनेर लेख लेखेको थिएँ तर शेखर र रामचन्द्रले घरमै आएर महाधिवेशनमा आइजा भनेर डुबाए।'

आचार्यले पुन: सभापतिमा आकंक्षा राखेका सभापति शेरबहादुर देउवाले कांग्रेस सुधार्छन् भन्ने विश्वास आफूलाई नभएकोसमेत बताए।

अहिले पार्टी विचार शून्यतिर गएकोले पार्टी सकिने दिशातर्फ लागेकोसमेत उनको भनाई थियो। '१३औं महाधिवेशनमा पार्टीमा उठेका विषयको बहस अब यसपाली नहुने भएको छ। अहिले विचारको बहस भइरहेको छैन,' तर जति बिग्रियो भनेका छौं कांग्रेस त्यति बिग्रेका छैन। ७५ प्रतिशत स्वस्थ र बाँकी अस्वस्थ छ। सबैलाई जोड्न सक्ने कांग्रेसमा नेतृत्व चाहिन्छ। क्लब जस्तोले चल्दैन।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell