PahiloPost

May 10, 2026 | २७ बैशाख २०८३

९ लाख प्रतिनिधिले जुन दाइलाई छानिदिए पनि हुन्छ : गगन थापा



पहिलोपोस्ट

९ लाख प्रतिनिधिले जुन दाइलाई छानिदिए पनि हुन्छ : गगन थापा

काठमाडौं : नेपाली कांग्रेसका नेता गगन थापाले १४ औं महाधिवेशन प्रतिनिधिहरुले निर्वाचनमा जुन उम्मेदवारलाई छनोट गरे पनि हुने बताएका छन्।

संस्‍थापन पक्षबाट प्रधानमन्त्री एवम् पार्टी सभापति शेरबहादुर देउवा फेरि सभापतिमा लड्न तयार भइसक्दा संस्थापन इतर समूहमा आकांक्षीको टुंगो लाग्न नसकेको बेला थापाले महाधिवेशनमा प्रतिनिधिहरु नेतृत्व छान्न स्वतन्त्र रहेको बताएका हुन्।

मंगलवार राजधानीको प्रज्ञा भवनमा 'कसले सुधार्छ कांग्रेस ?' शीर्षकको किताब विमोचनमा थापाले नेपाली कांग्रेसको सदस्य नभएकालाई पनि पार्टीमा जोड्नुपर्ने बताए। भने, '९ लाख प्रतिनिधिले जुन दाइलाई छानिदिए पनि हुन्छ। तर जय नेपाल कहिल्य नभनेको मान्छेलाई नेपाली कांग्रेससँग जोड्न सक्नुपर्छ। बाहिरका १५ लाख मानिसलाई कांग्रेससँग जोडन सकियोस। कांग्रेस बलियो हुनुपर्छ भन्ने कुरा कांग्रेस भन्दा परका मान्छेलाई पनि भयो भने हामी सफल हुन्छौं।'

थापाले १४ औं महाधिवेशन नेतृत्व छनोटका लागि मात्रै भएको भन्दै नीति महाधिवेशन पछि मात्रै हुने बताए।

'हामीले निर्वाचनभन्दा अरु केही हेर्न सकेका छैनौं। सबै कुरा चुनावको वरिपरि छ। अबको प्रश्न किन सुधार्ने कांग्रेस भन्ने हो। यो अधिवेशनबाट जवाफ निकाल्नु पर्छ' उनले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell