PahiloPost

May 12, 2024 | ३० बैशाख २०८१

सभापति उम्मेद्वारको दौडबाट शशांक पछि हट्ने संकेत, प्रकाशमान र शेखरको अडान यथावत



पहिलोपोस्ट

सभापति उम्मेद्वारको दौडबाट शशांक पछि हट्ने संकेत, प्रकाशमान र शेखरको अडान यथावत

काठमाडौँः नेपाली कांग्रेसको आसन्न महाधिवेशनमा संस्थापन इतरबाट सभापतिको उम्मेद्वार टुंगो लगाउने प्रक्रिया मंगलबार पनि असफल रह्यो। नेता प्रकाशमान सिंह निवास चाक्सीबारीमा भएको चार नेताको बैठकमा सहमति नभएको हो। सबैले आ–आफ्ना अडान नछाडेपछि उम्मेद्वारको टुंगो नलागेको वरिष्ठ नेता रामचन्द्र पौडेलले बताए। 

पौडेलले बुधबार साँझसम्म उम्मेद्वार टुंगो लाग्ने पनि बताए।  

पौडेलले भने, ‘सहमतिको निकै नजिक पुगेका छौँ। केही प्रक्रिया पूरा गरेर भोलि साँझसम्म निर्णय आउँछ। भोलि साँझसम्म हामी निर्णय सार्वजनिक गर्छौ।’ 

सोमबार पौडेल निवासको भेलाले उम्मेद्वार चयन गर्न असफल भएपछि मंगलबार पनि छलफल भएको हो। तर, उक्त छलफलमा पनि नेताद्वय डा. शेखर कोइराला र प्रकाशमान सिंहले अडान छाडेका छैनन्। सभापतिको दौडबाट डा. शशांक कोइराला भने पछि हट्ने संकेत गरेका छन्। पौडेलका नाममा सहमति हुने अवस्थामा आफू पछि हट्ने उनले जनाएका छन्। 

केन्द्रीय सदस्य बद्री पाण्डेका अनुसार पौडेल पक्षका जिल्ला सभापति र पूर्व सभापतिहरुको छलफलपछि सभापतिको उम्मेद्वार टुंगो लाग्ने बताए। अनुपम फुडल्याण्ड बानेश्वरमा पौडेल पक्षका जिल्ला सभापति र पूर्व सभापतिहरुको छलफल भोलि हुनेछ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell