PahiloPost

May 10, 2026 | २७ बैशाख २०८३

उम्मेद्वारी चयनमा कांग्रेसमा सकस, देउवा गुट र पौडेल गुटको छुट्टाछुट्टै बैठक बस्दै



पहिलोपोस्ट

उम्मेद्वारी चयनमा कांग्रेसमा सकस, देउवा गुट र पौडेल गुटको छुट्टाछुट्टै बैठक बस्दै

काठमाडौं: नेपाली कांग्रेसको महाधिवेशन नजिकिँदै गर्दा उम्मेद्वारी छनोटका लागि पार्टी भित्र सकस छ। संस्थापन र संस्थापन इतर दुबै तर्फ एउटै पदका लागि धेरै जना आकांक्षी हुँदा उम्मद्वार चयन गर्नका लागि सकस परेको हो।

आज ९ बजे बुढानिलकण्ठमा पदाधिकारी बैठक छान्ने बैठक देउवा गुटको बैठक बस्दैछ।

त्यस्तै आजै ९ बजे अनुपम फूडल्यान्डमा पौडेल गुटको भेला छ। पौडेल गुटले सभापतिको साझा उम्मेद्वार तय गर्ने बताइएको छ।

इतरबाट सभापतिको उम्मेद्वार टुंगो लगाउने प्रक्रिया मंगलबार पनि बैठक बसे पनि असफल रहेको थियो। नेता प्रकाशमान सिंह निवास चाक्सीबारीमा भएको चार नेताको बैठकमा सहमति नभएको हो।

पार्टीका वरिष्ठ नेता पौडेलले बैठकपछि भनेका थिए, ‘सहमतिको निकै नजिक पुगेका छौँ। केही प्रक्रिया पूरा गरेर भोलि साँझसम्म निर्णय आउँछ। बुधवार साँझसम्म हामी निर्णय सार्वजनिक गर्छौ।’

महाधिवेशन सुरु हुन दुई दिन बाँकी छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell