PahiloPost

Jun 30, 2024 | १७ असार २०८१

लिभरपुलको शतप्रतिशत जित, पोर्टोलाई हराउँदै एट्लेटिको मड्रिड अन्तिम १६ मा



पहिलोपोस्ट

लिभरपुलको शतप्रतिशत जित, पोर्टोलाई हराउँदै एट्लेटिको मड्रिड अन्तिम १६ मा

यूईएफए च्याम्पियन्स लिग अन्तर्गत गएराति सम्पन्न खेलमा इङग्लिस क्लब लिभरपुलले इटालियन क्लब एसी मिलानमाथि जित निकालेको छ। सन सिरोमा सम्पन्न खेलमा लिभरपुलले घरेलु टोलीमाथि २-१ गोलअन्तरले जित निकालेको हो।

फिकायो टोमरीको गोलमा २८ औं मिनेटमा मिलानले खेलमा अग्रता बनाएको थियो। तर ३६ औं मिनेटमा लिभरपुलका मोहम्मद सलाहले गोल फर्काउँदा पहिलो हाफ १-१ को बराबरीमा रोकियो। त्यस्तै दोस्रो हाफमा लिभरपुलले निर्णायक गोल गर्‍यो। लिभरपुलका लागि डिभोक ओरिगीले गोल गर्दा खेल लिभरपुलले २-१ ले आफ्नो पक्षमा पार्‍यो।

यसअघि नै अन्तिम १६ मा स्थान सुरक्षित गरिसकेको लिभरपुलले शीर्षस्थानमा रहँदै अर्को चरण प्रवेशका लागि समूह चरणका सबै खेलमा जित निकाल्यो।

त्यस्तै समूह बी कै अर्को खेलमा पोर्चुगिच क्लब पोर्टोलाई हराउँदै स्पेनिस क्लब एट्लेटीको मड्रिडले पनि अन्तिम १६ मा स्थान बनायो। तीन खेलाडीले रेडकार्ड पाएको खेलमा मड्रिडले ३-१ गोलअन्तरले जित निकालेको हो।

पहिलो हाफमा गोलरहित बराबरीमा रोकिएको खेलको ५६ औं मिनेटमा एन्टोनी ग्रिजमनले गोल गर्दै मड्रिडलाई अग्रता दिलाएका थिए। त्यसकव १० मिनेट नबित्दै मड्रिडका यानरिक कारास्कोले रेडकार्ड खाँदै बाहिरिए। लगत्तै पोर्टोका वेन्डेलले त रेडकार्ड ब्यहोरे नै मैदान बाहिर रहेका अगस्टेन मार्चेसिनले पनि रेडकार्ड ब्यहोरे।

सब्सिच्युट खेलाडीका रुपमा प्रवेश गरेका एन्जेल कोरेराले खेलको ९० औं मिनेटमा ग्रिजमनको पासमा गोल गर्दै अग्रता दोब्बर बनाए। त्यसको दुई मिनेटमै रोड्रिगो डी पउलले गोल थपे। यता पोर्टोका सर्जियो ओलिभेइराले इन्ज्युरी समयमा पाएको पेनाल्टीको अवसर सदुपयोग गर्दे गोल गरे।

समूह बी बाट १८ अंक जोडेको लिभरपुल शीर्षस्थानमा रहँदै र ७ अंक जोडेको एट्लेटिको मड्रिड दोस्रो स्थानमा रहँदै अन्तिम १६ मा प्रवेश गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell