PahiloPost

Apr 8, 2026 | २५ चैत्र २०८२

सहमहान्त्रीमा सीता गुरुङले गरिन् उम्मेद्वारी दिने घोषणा



पहिलोपोस्ट

सहमहान्त्रीमा सीता गुरुङले गरिन् उम्मेद्वारी दिने घोषणा

काठमाडौं : नेपाली कांग्रेसको सहमहामन्त्रीमा सीता गुरुङले उम्मेद्वारी घोषणा गरेकी छिन्। १४ औं महाधिवेशनमा जनजातितर्फ गुरुङले उम्मेद्वारी दिने घोषणा गरेकी हुन्। पूर्व राज्यमन्त्रीसमेत रहेकी गुरुङ देउवा निकट नेतृ हुन्।

हाल उनी केन्द्रीय आदिवासी जनजाती विभागकी प्रमुख छन्। कांग्रेसले यसपटक खस आर्य, महिला, मधेशी, आदिबासी जनजाति र दलितसहित ८ वटा समावेशी समूहबाट सहमहामन्त्री बन्ने व्यवस्था छ।

‘पार्टीको पदाधिकारीमा महिलाको संख्या बढ्नुपर्छ, मैले लामो समयदेखि पार्टी र आदिबासी जनजाति समुदायको कार्य गर्दै आएको छु,’ गुरुङले भनिन्, ‘त्यहीकारण पनि मैले महिलातर्फ होइन, आदिवासी जनजातीतर्फ नै सहमहामन्त्रीको दाबि गरेकी हुँ।’ 

पार्टीको १२ औँ महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएकी गुरुङ १३ औ महाधिवेशनबाट आदिवासी जनजाति महिलातर्फ सर्वाधिक भोटसहित निर्वाचित नेतृ हुन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell