PahiloPost

Apr 8, 2026 | २५ चैत्र २०८२

ए डिभिजन लिगमा आज दुई खेल: पहिलो खेलमा पुलिसलाई हिमालयन शेर्पाको चुनौती



पहिलोपोस्ट

ए डिभिजन लिगमा आज दुई खेल: पहिलो खेलमा पुलिसलाई हिमालयन शेर्पाको चुनौती

काठमाडौं: शहीद स्मारक ए डिभिजन लिगमा आज दुई खेल हुँदैछन्।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेलमा नेपाल पुलिस क्लब र हिमालयन शेर्पा क्लब आमनेसामने हुँदैछन्।

पहिलो खेलमा संकटा क्लबसँग १-१ गोलको बराबरी र दोस्रो खेलमा मनाङ मर्स्याङदी क्लबसँग १-० को पराजय ब्यहोरेको हिमालयन शेर्पा लिगमा पहिलो जितको खोजीमा हुनेछ।

त्यस्तै पहिलो खेलमा त्रिभुवन आर्मी फुटबल क्लबसँग १-१ को बराबरी खेलेर दोस्रो खेलमा जावलाखेल युथ क्लबलाई १-० ले हराएको पुलिस लगातार दोस्रो जितको खोजीमा हुनेछ। अंकतालिकाकामा पुलिसको ४ अंक छ भने शेर्पाको १ अंक छ। खेल दिउँसो त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सुरु हुनेछ।

त्यस्तै आजै हुने दोस्रो खेलमा मछिन्द्र क्लब र जावलाखेल युथ क्लब भिड्नेछन्।

आफ्नो पहिलो खेलमा न्युरोड टिम एनआरटीलाई २-१ गोलअन्तरले हराएको मछिन्द्र दोस्रो खेलमा विभागीय टोली आर्मीसँग गोलरहित बराबरीमा रोकिएको थियो। अर्कोतर्फ जावलाखेलले राम्रो प्रदर्शन गरेर पनि यसअघिका दुबै खेलमा पराजय ब्यहोरेको थियो। जावलाखेलले आफ्नो पहिलो खेलमा मनाङ मर्स्याङदी क्लबसँग र दोस्रो खेलमा नेपाल पुलिस क्लबसँग समान १-० गोलअन्तरले पराजय ब्यहोरेको थियो।

मछिन्द्र र जावलाखेल साँझ पौने ५ बजे दशरथ रंगशालामा आमनेसामने हुनेछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell