PahiloPost

Dec 28, 2024 | १३ पुष २०८१

संस्थापनइतरको बैठकबाट वरिष्ठ नेता पौडेल बाहिरिएर भने: केन्द्रीय नेताले जसलाई छान्छन् उसैलाई मान्छु



नेत्र तामाङ

संस्थापनइतरको बैठकबाट वरिष्ठ नेता पौडेल बाहिरिएर भने: केन्द्रीय नेताले जसलाई छान्छन् उसैलाई मान्छु

काठमाडौं: कांग्रेस महाधिवेसन नजिकिँदै गर्दै संस्थापनइतरका नेताहरुको वैठक बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा सुरु भएलगत्तै सकिएको छ। कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल बैठक सुरु भए लगत्तै पौडेल बाहिरिए।

उनले संस्थापनइतरले जसलाई छान्यो उसैलाई मान्ने चारजनाबीच सहमति भएको बताए। त्यस्तै सभापतिकम आकँक्षी छलफमा नबस्ने सहमति भएको उनले बताए।

संस्थापन इतरकाका नेताहरुले बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा आफ्नो समूहका केन्द्रीय सदस्य, जिल्ला सभापति र पूर्व जिल्ला सभापतिहरुसँग राय–परामर्श गरी एक मात्र उम्मेदवार घोषणा गर्ने तयारी गरेका थिए।

छलफलमा पौडेल पक्षका जिल्ला सभापतिहरू, निवर्तमान सभापतिहरु र केन्द्रीय नेताहरू छन्।

यसअघि मंगलवार पनि संस्थपनइतरका नेताहरु चाक्सीबारीमा बैठक बसेका थिए। तर, उक्त छलफलमा पनि नेताद्वय डा. शेखर कोइराला र प्रकाशमान सिंहले अडान छाडेनन्। सभापतिको दौडबाट डा. शशांक कोइराला भने पछि हट्ने संकेत गरे। पौडेलका नाममा सहमति हुने अवस्थामा आफू पछि हट्ने उनले जनाएका थिए।

वैठक सुरु भइरहँदा बाहिर वरिष्ठ नेता पौडेलको पर्चाहरु बाँडिएको छ।

कांग्रेस पदाधिकारीमध्ये एक सभापति, दुई उपसभापति, दुई महामन्त्री, आठ सहमहामन्त्रीको निर्वाचन हुने र एक कोषाध्यक्ष निर्वाचित केन्द्रीय सदस्यबाट निर्वाचित हुने पार्टी विधानको प्रावधान छ।

उता बुढानिलकण्ठमा पदाधिकारी छान्ने देउवा गुटको बैठक जारी छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell