PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

माओवादी केन्द्र रुपन्देहीको पालिका अधिवेशन सम्पन्न



रमेश पराजुली

माओवादी केन्द्र रुपन्देहीको पालिका अधिवेशन सम्पन्न

बुटवल: नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले रुपन्देहीका पालिकाहरुमा सम्मेलन गरी नयाँ नेतृत्व चयन गरेको छ। केन्द्रीय महाधिवेशनको संघारमा रहेको माओवादी केन्द्रले संगठन बिस्तारसँगै स्थानीय पालिकाहरुमा नेतृत्व चयनलाई तीव्रता दिएको छ।

माओवादी केन्द्र तिलोत्तमा नगर कमिटीको अध्यक्षमा बेलप्रसाद शर्मा चयन भएका छन्। अधिवेशनले शर्माको अध्यक्षतामा नयाँ नगर कमिटि चयन गरेको छ, जसको उपाध्यक्षमा दिल माया गुरुङ, मित्रलाल न्यौपाने, प्रेम जिएम, सचीवमा केशरबहादुर थापा, सहसचिवमा अनिल चापागाईं, कोषाध्यक्षमा लुधादेवी थापा लगायत रहेका छन्।

लामो समयदेखि पार्टीमा क्रियाशील शर्मा पेशाले रिटायर शिक्षक हुन्। हाल राजनीतिमा सक्रिय रहेका शर्माले तिलोत्तमा नगरलाई माओवादीमय बनाउन रचनात्मक काम गर्ने र पार्टीमा संगठित हुन सबै युवापंक्तिलाई आग्रह गरेका छन्। हाल राजनीतिक उतार चढावले पार्टीमा संगठित युवाहरु यत्रतत्र छरिएर रहेको अनुभव संगाल्दै नव निर्वाचित अध्यक्ष शर्माले अब सबै जुटेर इतिहास रच्नुपर्ने बताए।

त्यस्तै नेकपा (माओवादी केन्द्र) देवदह नगर कमिटीको अध्यक्षमा गोविन्द ठटराई चयन भएका छन्। पदाधिकारी पदका आकांक्षीहरू धेरै भए पनि ठटराई सर्वसम्मत भएका हुन्। देवदह नगर कमिटीमा अध्यक्षसँगै अन्य पदाधिकारीमा पनि सहमति भएको छ। जसअनुसार उपाध्यक्षमा केशव पुन, सुन्दरी गिरी र गणेश कुमार खाती, सचीवमा रामप्रसाद गैरे (प्रशान्त), कोषाध्यक्षमा हरिद्वार यादव र सहसचीवमा प्रेमकला ढकाल रहेका छन्।

दोस्रो नगर सम्मेलनले ५९ सदस्यीय समिति चयन गरे पनि पदाधिकारीमा सहमति हुन नसक्दा सम्मेलन स्थगित हुँदै आएको थियो। निर्वाचित अध्यक्ष ठटराई देवदह टेलिभिजनका अध्यक्ष तथा युवा व्यवसायी हुन्।

त्यस्तै माओवादी केन्द्र सिद्धार्थनगर नगर कमिटीको अध्यक्षमा नारायण हमाल चयन भएका छन्। अधिवेशनले हमाल अध्यक्षतामा ५९ सदस्यीय कार्यसमिति चयन गरेको छ। जसको उपाध्यक्षमा मेराज खाँन, कमला थापा र ध्रुव लाम्गादे चयन भएका छन्। यस्तै सचिवमा केशव कुँवर र सहसचिवमा दिलिप प्रजापति, कोषाध्यक्ष डम्बर बहादुर खत्री चयन भएका छन्।

त्यस्तै रोहिणी गाउँपालिकामा पनि सर्वसम्मतीमै नयाँ नेतृत्व चयन गरिएको छ। धकधईमा सम्पन्न भएको अधिवेशनले प्रदिप कुमार पाण्डेको अध्यक्षतामा ४९ सदस्यीय कार्यसमिति चयन गरेको छ। जसको उपाध्यक्षमा ओम प्रकाश यादव, हरिराम हरिजन, कुल हसन नाउ रहेका छन्। त्यस्तै, सचिवमा गणेश यादव, सह सचिवमा महेन्द्र कुर्मि र कोषाध्यक्षमा कौशिल्या धवल सर्वसम्मतिमा चयन भएका छन्।

त्यस्तै बुटवल उपमहानगर कमिटीको अध्यक्षमा पुष्पराज ढकाल चयन भएका छन्। बुटवलमा अध्यक्षको टुंगो लागे पनि अन्य पदाधीकारीहरुको टुंगो लाग्न सकेको छैन। सैनामैना नगर कमिटीको अध्यक्षमा नारायण महत चयन भएका छन्। त्यस्तै, शुद्धोधन गाउँपालिकामा रुक्माङगत खनाल, सिआरी गाउँपालिकामा भरत अर्याल, गैडहवा गाउँपालिकामा दानबहादुर घर्ति, कन्चन गाउँपालिकामा पुष्पराज शर्मा चयन भएका छन्। त्यस्तै, अन्य पदाधीकारीहरुमा आकांक्षी धेरै भएपछि छलफल जारी छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell