PahiloPost

May 10, 2026 | २७ बैशाख २०८३

सभापतिको उम्मेद्वार हुन रामचन्द्र पौडेलको दौडधुप : बत्तिसपुतलीको बैठक छाडेर कृष्ण सिटौलासँग भेट



पहिलोपोस्ट

सभापतिको उम्मेद्वार हुन रामचन्द्र पौडेलको दौडधुप : बत्तिसपुतलीको बैठक छाडेर कृष्ण सिटौलासँग भेट
फाइल फोटो

काठमाडौं: नेपाली कांग्रेसको १४ औं महाधिवेसनको उद्घाटन हुन दुई दिन बाँकी रहँदा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेसको तेस्रो धार भनिने कृष्णप्रसाद सिटौलालाई भेटेका छन्। बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा संस्थापन इतरका नेताहरुको वैठक सुरुहुने बित्तिकै बाहिरिएका पौडेलले सिटौलालाई भेटेका हुन्। बैठकबाट निस्कँदै गर्दा पौडेललेउनले संस्थापनइतरले जसलाई छान्यो उसैलाई मान्ने चारजनाबीच सहमति भएको बताएका थिए।

सिटौला निकटमानिने नेपाल विद्यार्थी संघका महामन्त्री बलदेव तिमल्सिनाले पौडेल/ सिटौलाको भेटबारे भने: वहाँ (पौडेल)केही बेर बस्नुभयो। महाधिवेशनबारे छलफल भयो।

उता बत्तीसपुतलीमा शेखर कोइराला सभापति, रामचन्द्र राष्ट्रपति र प्रकाशमान प्रधानमन्त्री बन्ने गरि छलफल चलरहेको बताइएको छ।

त्यस्तै संस्थापन पक्षको बैठक बुढानिलकण्ठमा जारी छ।

कांग्रेस पदाधिकारीमध्ये एक सभापति, दुई उपसभापति, दुई महामन्त्री, आठ सहमहामन्त्रीको निर्वाचन हुने र एक कोषाध्यक्ष निर्वाचित केन्द्रीय सदस्यबाट निर्वाचित हुने पार्टी विधानको प्रावधान छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell