PahiloPost

Jan 11, 2025 | २७ पुष २०८१

एमालेको जस्तै कांग्रेसको पनि भागबण्डा मिलाउन राष्ट्रपति र प्रधानमन्त्रीको आश्वासन



प्रकाश भण्डारी

एमालेको जस्तै कांग्रेसको पनि भागबण्डा मिलाउन राष्ट्रपति र प्रधानमन्त्रीको आश्वासन

काठमाडौं : नेपाली कांग्रेसको नेतृत्वका लागि नेताहरुले आआफ्नो समूहको गृहकार्यलाई तीव्र पारेका छन्। सभापति शेरबहादुर देउवा निकटहरुले उनको निवास बुढानिलकण्ठमा आफ्नो पक्षको प्यानल बनाउन गृहकार्य गरिरहेका छन्।

यता संस्थापन इतर वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले बत्तिसपुलतीस्थित अनुपम फुडल्याण्डमा बिहानैदेखि जुटिरहेका छन्। बैठकलाई बीचमै छाडेर वरिष्ठ नेता पौडेलले कांग्रेस नेता कृष्णप्रसाद सिटौलालाई भेटेका थिए।

पौडेलले आफू पक्षका नेताहरुको जुन नेतालाई सभापति बनाउने सहमति भयो त्यहीँ उम्मेद्वार हुने जानकारी दिए। सभापतिको रेशबाट कांग्रेस महामन्त्री शसांक कोइराला भने बाहिरिएका छन्। उनले पौडेललाई अघि सार्दै आफ्नो दाबीबाट पछि हटेको बताइन्छ। कांग्रेसको १४ औं महाधिवेशन मंसिर २४ गतेदेखि सुरु हुँदै छ।

राजकीय पदको प्रलोभन

जिल्ला सभापति, पूर्व सभापति र केन्द्रीय नेताहरुसँग पौडेल पक्षले छलफल गरिरहेको छ। सभापतिका लागि आकांक्षी धेरै भएकाले संस्थापन इतरलाई सभापतिको उम्मेद्वार छान्न सकस भइरहेको छ।

उनीहरुले भागबण्डा मिलाउन नेता शेखर कोइरालालाई सभापति बनाउन र चुनाव पछि रामचन्द्र पौडेललाई राष्ट्रपति बनाउने गरी सहमति गर्न लागेको एक जिल्ला सभापतिले जानकारी दिए। सभापतिका अर्का आकांक्षी प्रकाशमान सिंह लाई प्रधानमन्त्री बन्ने गरि छलफल भइरहेको छ।

नेकपा एमालेको १० औं महाधिवेशनमा पनि अध्यक्ष केपी शर्मा ओली समूमै पदाधिकारीका लागि आकांक्षी धेरै भएपछि ओलीले राजकीय पदको प्रलोभन देखाएका थिए। उपाध्यक्ष सुवास नेम्बाङले वरिष्ठ उपाध्यक्षमा दाबि गरेपछी ओलीलाई आफ्नै गुट मिलाउन सकस परेको थियो। तर, वरिष्ठ अध्यक्षमा तत्कालीन महासचिव ईश्वर पोखरेलले बाजी मारेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell