PahiloPost

Jun 22, 2026 | ८ असार २०८३

सभापतिको उम्मेद्वार को हुने ? सहमति नहुँदै रामचन्द्र पौडेलले बाँड्न लगाए पर्चा



पहिलोपोस्ट

सभापतिको उम्मेद्वार को हुने ? सहमति नहुँदै रामचन्द्र पौडेलले बाँड्न लगाए पर्चा

काठमाडौं : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफ्नो पक्षमा माहोल बनाउन दौडधुप गरिरहेका छन्। सभापति शेरबहादुर देउवाले सभापतिमा फेरी दोहोरिने बताएपछि पौडेलले पनि आफ्नो पक्षमा माहोल बनाउन दौडधुपमा लागेका हुन्।

पौडेलेले माहोल बनाउन कोसिस गरिरहेको भए पनि उनी पक्षीय नेतहरुको समूहले उनलाई सभापतिका लागि अघि बढाइ सकेको छैन्। शेखर कोइराला, प्रकाशमान सिंह लगायतका नेताहरुले पनि सभापतिका लागि दाबी गरिरहेका छन्। यद्यपी पौडेलले भने आफैलाई सभापतिको उम्मेद्वार बनाउन कोसिस गरिरहेको उनी निकट नेताहरुले बताएका छन्।

हिजो सिंह निवास चाक्सिबारीमा बसेको बैठकमा पनि पौडेललाई सभापतिको उम्द्वार बनाउने विषयमा केन्द्रित भएको थियो। यता प्रधानमन्त्री तथा नेपाली कांग्रेस सभापति देउवाको दौडधुप पनि बढेको छ। महाधिवेशन आउन २ दिन बाँकी रहदा उनी पक्षका नेताहरुले देउवा निवास बुढानिलकण्ठमा छलफल गरिरहेका छन्। 

उम्मेद्वार नहुदै पर्चा वितरण

पौडेलले आफ्नो पक्षमा माहोल बनाउन यति सम्म गरिरहेका छन् कि उनी पक्षीय बैठक स्थलमा उनले आफ्नो पर्चा वितरण गरिरहेका छन्। उनी निकट कार्यकर्ताहरुले रुपान्तरणका लागि १० सुत्र भन्दै पौडेलको पर्चा वितरण गरिरहेका छन्। अनुपम फुडल्याण्डमा बसिरहेको पौडेल गुटको बैठकस्थल बाहिर उनी निकटहरुले पर्चा वितरण गरिरहेका हुन्।   



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell