PahiloPost

Jun 22, 2026 | ८ असार २०८३

भक्तपुरमा ३३ वर्षीय युवकको हत्या, अभियुक्त नसमातिँदा हत्याको कारण पनि खुलेन



पहिलोपोस्ट

भक्तपुरमा ३३ वर्षीय युवकको हत्या, अभियुक्त नसमातिँदा हत्याको कारण पनि खुलेन

काठमाडौंः भक्तपुरमा एक युवकको हत्या भएको छ।

मङ्गलवार राति भक्तपुर सुर्यविनायक नगरपालिका वडा नम्बर १ सिरुटारका ३३ वर्षीय राजन श्रेष्ठको हत्या भएको हो। रातिको समयमा अज्ञात व्यक्तिहरूले सुर्यविनायक नगरपालिका वडा नम्बर २ बालकोट बसीटोल हनुमन्ते खोला नजिकै बालकोट बगलामुखी देखी हनुमन्ते खोला फलामे पुल तर्फ जाने बाटो मुनि श्रेष्ठ गम्भीर घाइते अवस्थामा फेला परेका थिए।

महानगरीय प्रहरी प्रभाग बालकोटबाट प्रहरी नायव निरीक्षक अम्बर बहादुर शाही सहितको प्रहरी टोली र महानगरीय प्रहरी वृत्त थिमीबाट प्रहरी नायव निरीक्षक ढुण्डिराज अधिकारीको टोलीले घाइते श्रेष्ठलाई मध्यपुर अस्पताल थिमी उपचारको क्रममा ल्याएको थियो। तर अस्पताल पुगेपछि चिकित्सकले मृत घोषणा गरेका थिए।

 अहिलेसम्म हत्याको कारण नखुलेको प्रहरीले जानकारी दिएको छ। घटनामा संलग्नहरूको खोजी भइरहेको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell