PahiloPost

Sep 10, 2025 | २५ भदौ २०८२

ओमोक्रनको प्रभाव होटल क्षेत्रमा, ग्राहकले क्यान्सिल गर्न थाले बुकिङ



पहिलोपोस्ट

ओमोक्रनको प्रभाव होटल क्षेत्रमा, ग्राहकले क्यान्सिल गर्न थाले बुकिङ

काठमाडौं: विश्वव्यापी रूपमा बढेको कोरोना भाइरसको नयाँ भेरिएन्ट ओमोक्रनको संक्रमणको त्रासको असर पाँचतारे होटलको बुकिङमा पर्न थालेको छ। ठुला कार्यक्रमको आयोजना र केही पछिका बुकिङ गर्नेहरुले सतर्कतामा विचार गर्न थालेका छन्।

केही होटलमा बुकिङ क्यान्सिल भएका छन्। एक साता अगाडिसम्म व्यवसायले गति लिँदै आएको ठूला होटलको व्यवसायमा ओमिक्रोनको प्रभाव कमै रहने आशा गरे पनि व्यवसायीहरु सतर्क छन्। स्वास्थ्य सुरक्षा मापदण्डमा सावधानी अपनाइएको छ।

ओमोक्रन संक्रमण फैलिन सुरु भएसँगै पछिल्लो एक सातायता एभरेष्ट, हायात, याक एण्ड यती लगायतका विभिन्न पाँचतारे होटलले रुम र इभेन्टका लागि भइसकेका अग्रिम बुकिङ रद्द र स्थगित हुन सुरु भएको जनाएका छन्।

संक्रमणको हल्ला फिँजिएसँगै पछिल्लो समय होटलको रुम र इभेन्ट बुकिङका लागि गरिसकिएको अग्रिम बुकिङ रद्द हुन सुरु भएको बानेश्वरस्थित होटल एभरेष्टले जनाएको छ। प्राय भारतबाट आउने पर्यटकले गरेकोमध्ये पाँच प्रतिशत कोठाको बुकिङ रद्द भइसकेको होटलले जनाएको छ।

होटलका अनुसार विवाह समारोहका कारण हिजोसम्म शतप्रतिशत अकुपेन्सी थियो। इभेन्टका लागि आउँदो डिसेम्बर १५ तारिखसम्म बुकिङ रहेको होटले जनाएको छ।

'ओमोक्रनको संक्रमण दर उच्च देखिए पनि यसको प्रभाव भने त्यति गम्भीर भएको समाचार छैन। डेल्टा भाइरसको तुलनामा ओमिक्रोन माइल्ड इन्फेक्सनको रुपमा देखा परेको हो। पर्यटन उद्योगमा विगतमा जस्तो प्रभाव पर्दैन होला,' होटलका महाप्रबन्धक हेमन्त मेहेताले भने, संक्रमणको पहिलेको जस्तो अवस्था नआओस् भन्ने कामना छ।'

बुकिङ रद्द नभए पनि कतिपय इभेन्टसँग जोडिएका कार्यक्रम स्थगित भएको दरबारमार्गस्थित होटल याक एण्ड यतीले जनाएको छ। 'एक दुईवटा लोकल इभेन्ट क्यान्सिल नै भइसकेको छ। तर यो संक्रमणलाई मध्यनजर गर्दै विश्व स्वास्थ्य संगठनले नाका बन्द गर्न आवश्यक नरहेको जनाएकाले हामी आशावादी हुनुपर्छ,' होटलका बजार निर्देशक सागरचन्द्र वान्तवा राईले भने।

ओमोक्रनको हल्लाकै कारण पछिल्लो समय ग्राहकबाट गरिएको अग्रिम बुकिङ स्थगितका लगि इन्क्वाइरी आइरहेको बौद्धस्थित होटल हायात जनाएको छ।

भाइरसको नयाँ भेरिएन्टको हल्ला चल्न सुरु भएसँगै हालसम्म इभेन्ट र रुम बुकिङ स्थगित र रद्द नभएको होटल र्‍याडिसनले जनाएको छ। 'बिजनेसले पिकअप लिइरहेको अवस्था छ। हालसम्म बुकिङ क्यान्सिलेसनको अवस्था छैन,' होटलका एक कर्मचारीले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell