PahiloPost

May 17, 2024 | ४ जेठ २०८१

प्रकाशमान र शेखर नमिले रामचन्द्र अघि बढ्ने : चाक्सीबारीमा फाइनल मिटिङ



पहिलोपोस्ट

प्रकाशमान र शेखर नमिले रामचन्द्र अघि बढ्ने : चाक्सीबारीमा फाइनल मिटिङ
फाइल फोटो

काठमाडौं : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका नेताहरुको भेलाले सभापतिको उम्मेद्वारका लागि साँझसम्म सहमति गर्ने बताएका छन्। बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा बसेको कांग्रेसको पौडेल गुटको आज बिहानको बैठक निर्णयमा पुग्न सकेन। रामचन्द्र पौडेल, प्रकाशमान सिंह, शेखर कोइरालाबिच सहमति जुटन नसकेपछि बैठक निष्कर्षविहीन भएको हो।

बैठकले शेखर कोइराला र प्रकाशमान सिंहलाई मिल्न २ घन्टा समय दिने निर्णय गरेको नेताहरुले बताएका छन्।  'खानापछि चाक्सीबारी जाने कुरा भएको छ,'काभ्रे जिल्लाका निवर्तमान सभापति मधु आचार्यले भने।

शेखर र प्रकाशमानमा कुरा नमिले रामचन्द्र पौडेलको पक्षमा सहमति जुटाउने उनले बताए। शशांक कोइरालाले भने सिंह निवासमा हिजो बसेको बैठकमै पौडेलका लागि आफूले सभापतिमा दाबी छाडेको बताएका थिए।

यस्तै, ४ बजेसम्म साझा उम्मेदवारको नाम आउने कांग्रेस नेता जगदीश्वर नरसिंह केसीको दाबी छ। 'साँझ ४ बजेसम्म साझा उम्मेद्वारको नाम आउँछ,'उनले भने। आफूलाई सभापतिमा सहयोग गर्न माग गर्दै पौडेलले आजै कांग्रेस नेता कृष्णप्रसाद सिटौलालाई पनि भेटेका थिए। कांग्रेसको महाधिवेशन सुरु हुन २ दिन बाँकी रहेका बेलामा सभापति शेरबहादुर देउवा इतर पक्षमा उम्मेद्वारको टुंगो लागेको छैन्।

टुंगो लगाउनका लागि सिंह निवासमा आज ३ वजे बैठक बस्दै छ। सिंहले हालसम्म सभापतिको दाबी छाडेका छैनन्। शेखर कोइराला र सिंहले दाबी नछोडेपछि पौडेल अप्ठेरोमा परेका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell