PahiloPost

Sep 10, 2025 | २५ भदौ २०८२

भारतका चिफ अफ डिफेन्स स्टाफ जनरल विपिन रावत सवार हेलिकप्टर तमिलनाडुमा दुर्घटना



पहिलोपोस्ट

भारतका चिफ अफ डिफेन्स स्टाफ जनरल विपिन रावत सवार हेलिकप्टर तमिलनाडुमा दुर्घटना
Photo : Indian Express

भारतका चिफ अफ डिफेन्स स्टाफ जनरल विपिन रावत सवार सैन्य हेलिकप्टर तलिमनाडुमा दुर्घटना भएको छ। एमआइ सिरिज हेल्कप्टरमा रावलकी श्रीमती, उनको परिवारका केही सदस्य र सैन्य अधिकारी सहित १४ जना रहेको बताइएको छ। विमान बुधवार कन्नुर क्षेत्रमा दुर्घटना भएको हो।

विमान दुर्घटनामा घाइतेहरुलाई अस्पताल लगिएको छ। जनरल रावतको अवस्था भने सार्वजनिक गरिएको छैन।

रावत भारतका पहिलो चिफ अफ डिफेन्स स्टाफ हुन्। भारतीय वायु सेनाले घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell