PahiloPost

Jun 22, 2026 | ८ असार २०८३

बुढानीलकण्ठमा महामन्त्रीका लागि बालकृष्ण खाण, एनपी साउद र प्रकाशशरण महतले पेश गरे दाबी



पहिलोपोस्ट

बुढानीलकण्ठमा महामन्त्रीका लागि बालकृष्ण खाण, एनपी साउद र प्रकाशशरण महतले पेश गरे दाबी

काठमाडौं : प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई १४ औं महाधिशेवशनमा आफ्नो समूहबाट पदाधिकार छान्न सकस परेको छ। देउवा निकट नेताहरुले एउटै पदमा आकांक्षा देखाउँदा देउवालाई नेताहरुलाई मिलाउन हम्मेहम्मे परेको हो।

प्रधानमन्त्री देउवाको निजी निवास बुढानीलकण्ठमा बसिरहेको बैठकमा देउवा निकट तीन जनाले महामन्त्रीमा दाबी गरेको देउवा निकट एक नेताले बताए। महामन्त्रीमा गृहमन्त्री बालकृष्ण खाण, एनपी साउद र प्रकाशशरण महतले दाबी गरेका छन्।

महामन्त्रीका अर्का दाबेदार ज्ञानेन्द्रबहादुर कार्की भने भर्खर मात्रै देउवा निवासमा पुगेका छन्। कांग्रेसको विधान अनुसार २ जना मात्रै महामन्त्री महाधिवेशनबाट निर्वाचित हुने व्यवस्था छ।

देउवा टिमबाट महामन्त्रीमा सबैभन्दा बलिया दाबेदारको रुपमा गृहमन्त्री बालकृष्ण खाण रहेको बताइन्छ। तरुण दल हाँक्दै गृहमन्त्री बनेका खाण देउवाका विश्वासपात्र हुन्। संसदमा समेत देउवाले खाणलाई प्रमुख सचेतकको जिम्मेवारी दिएका थिए।

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मा पनि महामन्त्रीका आकांक्षी हुन्। देउवाले भने शर्मालाई सहमहामन्त्रीमा बस्न आग्रह गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell