PahiloPost

Aug 10, 2026 | २५ साउन २०८३

गुट बैठक सकिएपछि देउवाले बोलाए केन्द्रीय कमिटीको बैठक



पहिलोपोस्ट

गुट बैठक सकिएपछि देउवाले बोलाए केन्द्रीय कमिटीको बैठक

काठमाडौं : प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय कमिटीको बैठक बोलाएका छन्। १४ औं महाधिवेशनबारे थप निर्णय गर्न बैठक बोलाइएको एक नेताले बताए।

देउवाले बिहीवार बिहान ११ बजे केन्द्रीय कमिटीको बैठक बोलाएको सहमहामन्त्री प्रकाशशरण महतले जानकारी दिए।

आज बुढानीलकण्ठमा देउवा समूहको बैठक बसेको थियो। उक्त बैठकमा पदाधिकारी छनोटबारेमा छलफल भएको महतको भनाइ छ।

सभापतिमा देउवा आफै उम्मेद्वार हुने पक्का छ। तर, महामन्त्री लगायतका पदमा उम्मेदवारको टुंगो लागिसकेकेको छैन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell