PahiloPost

Sep 22, 2026 | ६ असोज २०८३

छेक्यो छेक्यो काठमाडौं शहर हुस्सु र कुहिरोले...

छेक्यो छेक्यो काठमाडौं शहर हुस्सु र कुहिरोले...

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं : चिसो बढ्न सुरु भएसँगै काठमाडौंको वायु प्रदुषण ह्वात्तै बढेको छ। काठमाडौंमा अहिले हानिकारक कुहिरो मडारिएको छ।

केहीदिन देखि काठमाडौं धुम्म भएको छ। लाग्छ चारैतिर हुस्सु लागेको छ। त्यही धुवाँजस्तो पातलो कुहिरो काठमाडौंवासीका लागि निकै खतरनाक बनेको छ।

अत्याधिक संख्यामा रहेको सवारी साधन, काठ बाल्ने प्रवृत्ति, सडक निर्माण कार्य लगायतले वायु प्रदुषण बढेको हो।

त्यसैले सरकारले सतर्कता अपनाउन आग्रह गरेको छ। खासगरि बिहान र बेलुकीको समयमा वायु प्रदूषण अत्यधिक बढेको भन्दै सावधानी अपनाउन भनिएको हो।

 ड्रोनबाट खिचिएको धुलोको कुइरीमण्डलमा लुकेको काठमाडौंको दृश्य 



ट्रेन्डिङ पोस्ट

Ncell