PahiloPost

Sep 10, 2025 | २५ भदौ २०८२

बराबरीमा रोकिए पुलिस र हिमालयन शेर्पा

बराबरीमा रोकिए पुलिस र हिमालयन शेर्पा

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत आज सम्पन्न खेलमा हिमालयन शेर्पा क्लब र नेपाल पुलिस क्लब बराबरीमा रोकिएका छन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा पुलिस र शेर्पा १-१ को बराबरीमा रोकिएको हुन्।

खेलको पहिलो मिनेट नबित्दै हिमालयन शेर्पाले कप्तान विश्वास श्रेष्ठको गोलमा अग्रता बनाएको थियो। पहिलो हाफमा पुलिसले दबाब बनाएर पनि खेलमा फर्कन सकेन। दोस्रो हाफको सुरुमा हिमालयन शेर्पाले केही अवसर बनाए पनि सदुपयोग भने गर्न सकेन।

खेलको ६० औं मिनेटमा पुलिसले खेल बराबरीमा ल्यायो। रबि पासवानको पासमा सुमन लामाले गोल गर्दै खेल बराबरीमा ल्याए। योसँगै पुलिसले ३ खेलबाट ५ अंक जोडेको छ भने हिमालयन शेर्पाले २ अंक जोडेको छ।

आजै हुने दोस्रो खेलमा मछिन्द्र क्लब र जावलाखेल युथ क्लब आमनेसामने हुनेछन्। खेल साँझ पौने ५ बजे दशरथ रंगशालामा सुरु हुनेछ।



ट्रेन्डिङ पोस्ट

Ncell