PahiloPost

Sep 10, 2025 | २५ भदौ २०८२

चाक्सीबारीमा भेला भए संस्थापन इतरका नेता, कसलाई बनाउने साझा उम्मेदवार ?



पहिलोपोस्ट

चाक्सीबारीमा भेला भए संस्थापन इतरका नेता, कसलाई बनाउने साझा उम्मेदवार ?

काठमाडौं : नेपाल कांग्रेसको १४ औं महाधिवेशनमा सभापति पदका लागि साझा उम्मेदवार छनोट गर्न संस्थापन इतर समूहको भेला सुरु भएको छ। सभापतिका आकांक्षी प्रकाशमान सिंह निवास चाक्सीबारीमा बैठक सुरु भएको हो।

बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल, शंशाक कोइराला, शेखर कोइराला लगायतका नेताको सहभागी छन्। मंगलवार चाक्सीबारीमा भएको बैठक निष्कर्षबिहीन भएको थियो।

शंशाकले रामचन्द्र पौडेललाई अघि सार्दै सभापतिको दाबेदारी छोडिसकेका छन्। प्रकाशमान सिंह र शेखर कोइरालाको दाबी भने यथावत् छ। यसबिच पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाविरुद्ध महाधिवेशनमा साझा उम्मेदवार खडा गर्न संस्थापन इतरका नेताहरुको बैठक बसेको हो।   

सम्बन्धित समाचार : चाक्सीबारी बन्दै देउवा इतरको हेडक्वाटर, प्रकाशमान बन्लान् त सभापतिको साझा उम्मेदवार ?



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell