PahiloPost

Sep 10, 2025 | २५ भदौ २०८२

सर्वसम्मत सभापतिको उम्मेद्वार चयनको भाका पौडेल समूहमा फेरि सर्‍यो



पहिलोपोस्ट

सर्वसम्मत सभापतिको उम्मेद्वार चयनको भाका पौडेल समूहमा फेरि सर्‍यो

काठमाडौँः नेपाली कांग्रेसको संस्थापन इतरको समूहबाट आसन्न महाधिवेशनमा सभापतिको उम्मेद्वार छनोट हुन सकेको छैन। उम्मेद्वार छनोटको विषयमा दिनहुँ चार शीर्ष नेता छलफलमा बसे पनि निष्कर्ष निस्कन सकेको छैन। सभापतिको पदमा दौडमा रहेकामध्ये वर्तमान महामन्त्री डा. शशांक कोइरालाले वरिष्ठ नेता रामचन्द्र पौडले पक्षमा सहमतिका लागि भन्दै वाकओभर दिइसकेका छन्। अन्यको अडान यथावत छ।

बुधबार नेता प्रकाशमान सिंह निवास चाक्साबारीमा भएको छलफल पनि निष्कर्षविहीन बन्यो। बैठकले चार शीर्ष नेता बाहेकका अन्य केन्द्रीय नेताबीच छलफलपछि बिहीबारसम्म उम्मेद्वार टुंगो लगाउने सहमति गरेका छन्।

‘भोलि बिहान ८ बजे अनुपममा केन्द्रीय नेताहरु बसेर छलफल गर्ने सभापतिका आकँक्षीबाहेक। अनि त्यसबाट हुने निष्कर्ष चार आकांक्षीसँगै बसेर सभापतिको साझा उम्मेदवार टुंग्याउने निर्णय भयो’’’, नेता गुरुराज घिमिरेले भने।

बुधबारको छलफलमा पनि नेता सिंह र डा. शेखर कोइरालाले उम्मेद्वारमा आफ्नो अडान कायम राखिरहेका छन्।

पौडेल पनि आफ्नो पक्षमा सहमति जुटाउन प्रयत्नरत छन्। 

चार शीर्ष नेताबीच सोमबार वरिष्ठ नेता पौडेल निवास बोहोराटारमा छलफल भएको थियो। उक्त छलफल असफल भएपछि मंगलबार सिंह निवास चाक्सीबारीमा पुनः बैठक भएको थियो।

सहमतिमा उम्मेद्वार चयनको विषयमा दोस्रो तहका नेताहरुले अनुपम फुडल्याण्डमा बुधबार पनि छलफल गरेका थिए। तर, निष्कर्ष भने निस्किएन।   



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell