PahiloPost

Sep 10, 2025 | २५ भदौ २०८२

महाधिवेशन प्रतिनिधिलाई कांग्रेसको सूचना, ‘तीन हजार बैंकमा जम्मा गर्नुस् झोला र अन्य सामाग्री बुझ्नुस्’



पहिलोपोस्ट

महाधिवेशन प्रतिनिधिलाई कांग्रेसको सूचना, ‘तीन हजार बैंकमा जम्मा गर्नुस् झोला र अन्य सामाग्री बुझ्नुस्’

काठमाडौँः नेपाली कांग्रेसको आसन्न महाधिवेशनका लागि प्रतिनिधिहरु काठमाडौँ आउने क्रम जारी छ। केही बाहेक अधिकांश प्रतिनिधि काठमाडौँ आइसकेका छन्। मंसिर २४ गते महाधिवेशन उद्घाटन हुँदैछ।

निर्वाचन कार्यतालिका समेत सार्वजनिक भइसकेको छ।

यता पार्टीले जिल्ला जिल्लाबाट आउने प्रतिनिधिलाई महाधिवेशन प्रयोजनको झोला र अन्य सामाग्री लिनका लागि अपिल गरेको छ। प्रतिनिधिले नेपाल इन्भेष्टमेन्ट बैंकको कुनै पनि शाखामा तीन हजार रुपैयाँ पार्टी अर्थ समितिको खातामा जम्मा गरेर झोला सक्नेछन्।

महाधविेशन प्रतिनिधिले तीन हजार दर्ता शुल्क तिरेपछि झोला लगायतका सामाग्री बुझ्न सक्नेछन्। प्रतिनिधि दर्ता शुल्क कांग्रेसको निर्वाचन नियमावलीले तीन हजार रुपैयाँ तोकेको छ।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell