PahiloPost

Aug 10, 2026 | २५ साउन २०८३

राप्रपा बैठकमा कमल थापा पक्षका केन्द्रीय सदस्यको माग, ‘चुनावमा निर्मल निवासले गरेको हस्तक्षेप छानबिन होस्’



पहिलोपोस्ट

राप्रपा बैठकमा कमल थापा पक्षका केन्द्रीय सदस्यको माग, ‘चुनावमा निर्मल निवासले गरेको हस्तक्षेप छानबिन होस्’

काठमाडौंः राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को नवनिर्वाचित केन्द्रीय कार्यसमितिको पहिलो बैठकमा निर्वाचन दौरान भएको ‘निर्मल निवासको हस्तक्षेप’बारे छानबिन माग भएको छ। निवर्तमान अध्यक्ष कमल थापा निकटका सदस्यहरुले छानबिन माग गरेका हुन्।

थापा स्वयमले पनि चुनावमा पराजय भोगेपछि निर्मल निवासले चुनावमा हस्तक्षेप गरेको आरोप लगाएका थिए। उनले हस्तक्षेपको प्रमाण नै आफूहरुसँग रहेको दाबी गरिरहेका छन्। 

केन्द्रीय समितिमा आठ सदस्यले छानबिनको माग गरेको नेता राजाराम बर्तौलाले जानकारी दिए। 

बैठकमा थापा पक्षका नेताहरु बर्तौला, केदार कोइराला, विजय खड्का, रिता माझी, शशी सिलवाल, दिपक मल्ल, जमुना थापा, राधेश्याम शाहले हस्तक्षेपको छानबिन माग गरेका हुन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell