PahiloPost

Jun 22, 2026 | ८ असार २०८३

बायर्नसँग बार्सिलोना पराजित, १७ वर्षपछि नकआउट चरणमा नपुग्दै बार्सिलोना बाहिरियो



पहिलोपोस्ट

बायर्नसँग बार्सिलोना पराजित, १७ वर्षपछि नकआउट चरणमा नपुग्दै बार्सिलोना बाहिरियो

यूईएफए च्याम्पियन्स लिग अन्तर्गत गएराति सम्पन्न समूह 'ई' को खेलमा स्पेनिस क्लब बार्सिलोना जर्मन क्लब बायर्न म्युनिखसँग पराजित भएको छ। एलिनाज एरेनामा सम्पन्न खेलमा बार्सिलोना घरेलु टोली बायर्नसँग ३-० गोलअन्तरले पराजित भएको हो।

घरेलु टोलीका लागि खेलको ३४ औं मिनेटमा थोमस मुलरले रोबर्ट लेवान्डोस्कीको पासमा गोल गर्दै अग्रता दिलाएका थिए। त्यस्तै ४३ औं मिनेटमामा लेरोए सानेले गोल थप्दा पहिलो हाफमा बार्यन दुई गोलले अघि रह्यो।

दोस्रो हाफमा घरेलु टोलीले फेरि अर्को गोल थप्यो। खेलको ६२ औं मिनेटमा जमल मुसिअलाले गोल थप्दा बायर्नले ३-० को सहज जित निकाल्न सफल भयो।

त्यस्तै गएराति नै सम्पन्न समूह ई कै अर्को खेलमा पोर्चुगिच क्लब बेनफिकाले युक्रेनी क्लब डाइनामो किइबलाई २-० ले हरायो। स्टेडिया डा लुजमा सम्पन्न खेलमा डाइनामो किभलाई हराउन घरेलु टोलीका लागि रोमन यारेमचुकले १६ औं मिनेट र गिल्ब्रेटो जुनियरले २२ औं मिनेटमा गोल गरे।

योसँगै समूह ई बाट १८ अंक जोडेको बायर्न र ८ अंक जोडेको बेनफिका नकआउट चरणमा प्रवेश गरेका छन् भने ७ अंक जोडेको बार्सिलोना र १ अंक जोडेको डाइनामो बाहिरिएका छन्।

पाँच पटकको युरोपियन च्याम्पियन क्लब बार्सिलोना सन् २००३/४ पछि पहिलो पटक च्याम्पियन्स लिगको नकआउट चरण नपुग्दै बाहिरिएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell