PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

युभेन्टसको जित, चेल्सी बराबरीमा रोकियो



पहिलोपोस्ट

युभेन्टसको जित, चेल्सी बराबरीमा रोकियो

यूईएफए च्याम्पियन्स लिग अन्तर्गत गएराति सम्पन्न समूह 'एच'को खेलमा इङ्ग्लिस क्लब चेल्सी रसियन क्लब जेनित सेन्ट पिटबर्गसँग बराबरीमा रोकिएको छ। क्रिस्टोभ्स्की स्टेडियममा सम्पन्न खेलमा चेल्सी घरेलु टोलीसँग ३-३ को बराबरीमा रोकिएको हो।

खेलको दोस्रो मिनेटमै टिमो वेर्नरको गोलमा चेल्सीले अग्रता बनाए पनि ३८ औं मिनेटमा रोड्रिगुइज लियोनलले गोल फर्काउँदै खेल बराबरीमा ल्याए। त्यस्तै ४१ औं मिनेटमा घरेलु टोलीका सरदार अजमउनले गोल थप्दा पहिलो हाफमा जेनित २-१ ले अघि रह्यो।

दोस्रो हाफमा चेल्सीलाई रोमेलु लुकाकुले बराबरीमा ल्याए। उनले खेलको ६२ औं मिनेटमा वेर्नरको पासमा गोल गर्दै बराबरीमा ल्याए। त्यस्तै ८२ औं मिनेटमा वेर्नरले नै क्रिस्टियन पुलिसिचको पासमा गोल गर्दै चेल्सीलाई फेरि अग्रता दिलाएका थिए। तर, घरेलु टोलीका मगोमेद ओजडोएबले इन्ज्युरी समयमा गोल गर्दै खेल बराबरीमा टुंग्याए।

त्यस्तै गएराति नै सम्पन्न समूह एचकै अर्को खेलमा इटालियन क्लब युभेन्टसले स्वीडेनको क्लब माल्मोलाई हरायो। घरेलु मैदानमा भएको खेलमा युभेन्टसको जितका लागि १८ औं मिनेटमा मोइस किनले निर्णायक गोल गरे।

यो सँगै समूह एचबाट युभेन्टस र चेल्सी नकाउट चरणमा क्वालिफाइड भएका छन्। अंकतालिकामा युभेन्टसको १५ अंक जोड्दै शीर्षस्थानमा रह्यो भने १३ अंक जोडेको चेल्सी दोस्रो स्थानमा रह्यो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell