PahiloPost

Jan 11, 2025 | २७ पुष २०८१

देउवालाई नन्दकृष्णको 'ओ बाझ झुमरेली बाझ', गुटको ह्याङमा रहेका नेतालाई 'वल्लै भो भेट…'



प्रकाश भण्डारी

देउवालाई नन्दकृष्णको 'ओ बाझ झुमरेली बाझ', गुटको ह्याङमा रहेका नेतालाई 'वल्लै भो भेट…'

काठमाडौं : नेपाली कांग्रेसको राष्ट्रिय महाधिवेशनमा सांगितक माहोल हुने भएको छ। १४ औं महाधिवेशनलाई सांगितिक बनाउन सांस्कृतिक समितिले तीव्र तयारी गरिरहेको छ। त्यसका लागि कांग्रेसनिकट कलाकारहरुले तयारी गरिरहेको सांस्कृतिक समितिकी संयोजक सीता गुरुङले जानकारी दिइन्। राष्ट्रिय एकता र कांग्रेसको योगदान झल्किने खालका प्रस्तुति महाधिवेशनमा रहेन उनको भनाई छ। भृकुटीमण्डपमा महाधिवेशन गर्ने तयारी गरिरहेको कांग्रेसले ४ सय जना अटाउने मञ्च बनाइरहेको छ। जसमा ४० जनाले नाच्न सक्नेछन्। तीन स्टेपमा नेता/पाहुना र कलाकार बस्ने आयोजकले जनाएको छ।

देउवालाई देउडा

नेपाली कांग्रेसका शीर्ष नेताहरु गुटको तानातानमा छन्। आफ्नो समूहको रणनीति कस्तो बनाउने? पदको बाँडफाँड कसरी गर्ने लगायतका विषयमा नेताहरु अल्झिरहेका छन्। गुटको तानातानका कारण लामो समयदेखि ह्याङ भएका नेताहरुलाई कलाकारले भने मनोरञ्जन दिने प्रयास गर्ने आयोजकले जनाएको छ। कार्यक्रममा नन्दकृष्ण जोशीले प्रस्तुति दिनेछन्। देउडा गीतका चर्चित गायक  जोशीले  डण्डेल्धुरा घर भएका पार्टी सभापति शेरबहादुर देउवालाई मञ्चमा राखेर देउडा गीत सुनाउने छन्। जोशीका झमक्यो डालीमा, ओ बाझ झुमरेली बाझ, गलबन्दीमा रातो धागो लगायताका गीत चर्चित छन्।

बल्लै भो भेट….

गुरुङका अनुसार कार्यक्रममा उद्घाटन अघि पञ्चेवाजा सहितका झाँकीहरु प्रस्तुत हुनेछन्। उद्घाटन समारोहमा लोक गीतहरु प्रस्तुत हुनेछन्। त्यसका लागि गायक बिमलराज क्षेत्री, राधिका हमाल, टीका पुन, मोहन राई लगायतका कलाकारले प्रस्तुती दिनेछन्। चर्चित लोक गायक क्षेत्रीको बल्लै भो भेट, हिमाल सेतै छ, औंठी कुसैको लगायतका गीत लोकप्रिय छन्। यस्तै टीका पुनले पनि आफ्नो प्रस्तुती दिने संयोजक गुरुङले बताइन। 'सबै कलाकारहरुले आफ्नो प्रस्तुती दिनुहुन्छ। त्यसको रिहर्सल भइरहेको छ,' उनले भनिन्।

राष्ट्रिय एकताको धुन

कांग्रेसले आफूलाई राष्ट्रियता जोगाउने पार्टीको रुपमा दाबी गरिरहेको छ। संविधान जारी गर्नमा मात्रै नभइ नेपालका ठुला परिवर्तनमा कांग्रेसले नेतृत्व गरेको नेताहरु बताउछन्। यसलाई झल्काउने गरी सांगीतिक प्रस्तुती हुने भएका छन्। यसमा ४० जना सम्म कलाकारले नृत्य प्रस्तु गर्ने गुरुङले बताइन। ४५ सय भन्दा बढि प्रतिनिधि र विभिन्न राजनीतिक दलका शिर्ष नेताहरुलाई स्वागत गीत गाएर कलाकारहरुले स्वागत गर्ने तयारी भइरहेको गुरुङको भनाइ छ।

जुनमा पनि दाग छ

गायिका टीका पुनको जुनमा पनि दाग छ, अमर माया मर्दैन, म पुजा गर्छु मायाको लगायतका लोकग गीत चर्चित छन्। उनले पनि कांग्रेसको महाधिवेशनमा प्रस्तुती दिनेछन्। कांग्रेसका कार्यकर्तालाई नचाउन उनले लोक भाकालाई प्रस्तु गर्ने तयारी गरिरहेको कांग्रेसको सांस्कृतिक समितिले जनाएको छ।  अर्की चर्चित गायिका राधिका हमालले पनि महाधिवेशनमा आफ्नो प्रस्तुती दिनेछिन्। उनका क्याम्पस पढन आउने, तिजको लरक्क लरक्यो सारी भुइमा लगायतका दोहोरी गीत चर्चित छन्। उनले नेपाली कांग्रेसको चुनावी गीत पनि गाएकी थिइन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell