
अमेरिका पछि क्यानडा, अस्ट्रेलिया र बेलायतले पनि चीनमा अघिल्लो वर्ष हुने बेइजिङ ओलम्पिकको कुटनीतिक बहिस्कार गर्ने निर्णय लिएका छन्। चीनमा मानवअधिकारको खराव अवस्थालाई कारण देखाउँदै यी देशहरुले पनि कुटनीतिक बहिस्कार गर्ने निर्णय गरेको दाबी गरेका छन्।
क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडेऔले खेलमा अफिसियल डेलिगेशन नपठाउने बताए। उनले यो निर्णय 'चीनका लागि सप्राइजका रुपमा नआएको' बताएका छन्।
यद्यपि क्यानडाका खेलाडीले भने प्रतियोगितामा सहभागिता जनाउने उनले स्पस्ट पारे।
त्यस्तै अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले शिन्जियाङमा मानवअधिकार उल्लङघनका घटनाहरु हुने गरेको दाबी गरे। त्यस्तै बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले संसदमा बोल्दै बेइजिङ ओलम्पिकको कुटनीतिक बहिस्कार हुने र त्यहाँ कुनै मन्त्रीहरुको उपस्थिति नहुने बताएका थिए।
यसअघि अमेरिकाले चीनमा हुने ओलम्पिकमा कुटनीतिक बहिस्कार गर्ने निर्णय लिएको थियो।
व्हाइटहाउसका प्रेस सेक्रेटरी जेन साकीले अमेरिकाले ओलम्पिकमा कुटनीतिक बहिस्कार गर्ने निर्णयको पुष्टी गरेकी थिइन्।
'अमेरिकाको राजनीतिक या आधिकारिक प्रतिनिधित्व शिन्जियाङको मानवअधिकारको हननको अगाडि यी खेलहरुलाई सँधैको जस्तो ब्यापारको रुपमा लिनेछ।' उनले भनेकी छिन्।
यसअघि अमेरिकाले सन् १९८० को मस्को ओलम्पिकमा सोभियत युनियनमा अफगानिस्तानमाथिको ब्यवाहारलाई देखाउँदै बहिस्कार गरेको थियो। त्यतिबेला खेलाडीहरुलाई पनि फिर्ता बोलाएको थियो।
बेइजिङमा अर्कोवर्ष फेब्रअरीबाट शीतकालीन ओलम्पिक सुरु हुँदैछ।