PahiloPost

Apr 8, 2026 | २५ चैत्र २०८२

कांग्रेस महाधिवेशनमा ट्राफिक व्यवस्थापन गर्न एसपीको नेतृत्वमा ३५० ट्राफिक खटिने, नेता तथा कार्यकर्ताको सवारी पार्किङ पुरानो बसपार्कमा



पहिलोपोस्ट

कांग्रेस महाधिवेशनमा ट्राफिक व्यवस्थापन गर्न एसपीको नेतृत्वमा ३५० ट्राफिक खटिने, नेता तथा कार्यकर्ताको सवारी पार्किङ पुरानो बसपार्कमा

काठमाडौंः भोलिबाट ( शुक्रवार) नेपाली कांग्रेसको १४ औँ महाधिवेशन सुरु हुँदै छ।

काठमाडौंको प्रर्दशनमार्गस्थित भृकुटीमण्डपमा महाधिवेशनको लागि तयारी अन्तिम चरणमा पुगेको छ। कम्तीमा पनि तीन दिनसम्म चल्ने महाधिवेशनमा काठमाडौं उपत्यकाभित्रको सवारी प्रभावित हुने देखिएको छ। महाधिवेशनमा ५० हजार नेता तथा कार्यकर्ता सहभागी हुँदा कार्यक्रम स्थल वरपरको सवारी आगमनमा प्रभावित हुने देखिन्छ। तर महानगरीय ट्राफिक प्रहरी महाशाखाले भने सवारीको आगमनलाई प्रभावित हुन नदिने गरी ट्राफिक व्यवस्था मिलाएको दाबी गरिएको छ।

'महाधिवेशनले सम्पूर्ण काठमाडौँकै सवारी आवतजावतमा असर पर्दैन। कार्यक्रम वरपरको सवारी आगमनमा पनि असर नपर्ने गरी व्यवस्था मिलाएका छौँ,' महानगरीय ट्राफिक प्रहरी महाशाखाका एसपी सञ्जीव दास शर्माले भने।

महाधिवेशन अवधि ट्राफिक व्यवस्थापन गर्ने एसपी संञ्जीव दास शर्माको नेतृत्वमा ३ सय ५० जना ट्राफिक प्रहरी परिचालन गरिएको छ। काठमाडौं उपत्यकाभित्र दैनिक करिब १ हजार ट्राफिक प्रहरी खटिदैं आएका छन्।

अहिले देशका विभिन्न जिल्लाबाट कांग्रेस नेता तथा कार्यकर्ताहरू काठमाडौं आउन थालिसकेका छन्। महाधिवेशनमा आउने नेता तथा कार्यकर्ताहरूको सवारीले काठमाडौंको आगमनमा प्रभावित नहोस् भने सवारीहरू टुँडिखेल नजिकैको पुरानो बसपार्कमा व्यवस्था गरिएको  छ। त्यस्तै प्रर्दशनीमार्ग सडक एकतर्फि बनाइने प्रहरीले जानकारी दिएको छ।

'सबैभन्दा सवारीमा असर गर्ने गाडीको पार्किङले नै हो। पुरानो बसपार्कमा करिब १२ हजार सवारी साधन पार्किङ गर्न मिल्छ,' एसपी शर्माले भने। त्यस्तै महाधिवेशन सुरक्षाको लागि १० हजारभन्दाबढी सुरक्षाकर्मी खटिने भएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell