PahiloPost

May 10, 2026 | २७ बैशाख २०८३

कांग्रेस महाधिवेसन: प्रतिस्पर्धामा हार/जित हुन्छ, असहिष्णुता नआओस



पहिलोपोस्ट

कांग्रेस महाधिवेसन: प्रतिस्पर्धामा हार/जित हुन्छ, असहिष्णुता नआओस
फाइलफोटो

काठमाडौं: कांग्रेसको १४ औं महाधिवेशनको निकटमा प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी चयनका लागि प्रतिस्पर्धा हुन सक्ने भन्दै त्यसबाट आउने नतिजालाई सामान्य रुपमा लिन आग्रह गरेका छन्।

आज कांग्रेसका सहमहामन्त्री प्रकाश शरण महतको पुस्तक 'नेपाली कंग्रेस एण्ड नेशनल बिल्डिङ' को विमोचन कार्यक्रममा बोल्दै सभापति देउवाले महाधिवेसन पछि कांग्रेसलाई बहुमतको पार्टी बनाउन लाग्नुपर्ने प्रतिकृया दिए।

'पर्सीदेखि महाधिवेसन सुरु हुँदैछ। यो नेपालको प्रजातान्त्रिक भविष्यका लागि महत्वपुर्ण छ। सबै उत्साहीत छन्,' सभापति देउवाले भने, 'गाउँमा फर्किएर पार्टीका साथीहरुले कांग्रेसलाई बलियो बनाएर बहुमतको पार्टी बनाउन लाग्नु हुनेछ भन्ने अनुरोध गर्न चाहन्छु।'

देउवाले महाधिवेसनमा प्रतिस्पर्धा हुने भन्दै त्यसबाट आएको नतिजालाई पनि सामान्य रुपमा लिन आग्रह गरे।

'प्रजातान्त्रिक प्रणालीमा प्रतिस्पर्धा होला। तर प्रतिस्पर्धाबाट जित हार हुन्छ,' देउवाले भने, 'हार्नेले जित्नेलाई सहयोग गर्ने जित्नेले हार्नेको सहयोग लिने गरि सामान्य प्रक्रियाको रुपमा लिनुपर्छ। यसमा कटुता, असहिष्णुता नआओस।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell