PahiloPost

Nov 1, 2024 | १६ कात्तिक २०८१

सभापतिको दौडबाट पछि हट्दिनँ: प्रकाशमान सिंह



पहिलोपोस्ट

सभापतिको दौडबाट पछि हट्दिनँ: प्रकाशमान सिंह

काठमाडौं: नेपाली काङग्रेसका नेता प्रकामान सिंहले १४ औँ महाधिवेशनमा आफु सभापतिको दौडबाट पछि नहट्ने बताएका छन्। महाधिवेसन सुरु हुन केहि घण्टा मात्र बाँकी रहँदा सभापतिमा साझा उमेद्वारी चयन गर्न नसकेको वरिष्ठ नेता रामचन्द्र पौडलललाई पक्षलाई सिंहको यो अभिब्यक्ति पछि थप संकट निम्तिने देखिन्छ।

पार्टी भित्रको शक्ति राजनितिका कारण नेपाली काङ्ग्रेसले जनताले सोचेअनुरुप ट्रयाक समाउन नसेको भन्दै सिंहले पार्टीलाई विधि विधान अनुसार चलाउन र समावेशी रुपमा पार्टीलाई अगाडी बढाउन आफ्नो सभापतिमा दाबी रहेको र सभापतिको दाबीबाट पछि नहट्ने बताएका हुन्।

काठमाण्डौको वानेश्वरमा आज सन्त नेता कृष्ण प्रसाद भट्टराईको शालिक अनावरण गर्दै नेता सिंहले पाटीलार्ई बिधिसंबद नियमसम्बत र संस्थागत रुपमा अगाडी बढाउन र सम्पूर्ण चुनौतीलाई सामना गर्दै आफूले नेपाली काङग्रेसलाई विशुद्ध प्रजातान्त्रिक पार्टीको रुपमा स्थापित गराउने एजेण्डाका साथ सभापति पदका लागी दाबी गरेको बताए।

कार्यक्रममा सिंहले नेपाली काङग्रेसलाई एकताबद्ध हुन किसुनजीले गरेको त्यागलाई कुनैपनि नेताले आत्मसाथ गर्न नसकेको भन्दै दुख समेत ब्यक्त गरे।

संस्थापन इतरको बैठक आज पनि बत्तीसपुतलीमा जारी छ। बैठकमा केन्द्रीय सदस्यहरु छन् मिनेन्द्र रिजाल, दिलेन्द्र बडुलगायतका केन्द्रीय सदस्यहरुको पनि उपस्थिति छ।

संस्थापन इतर समूहबाट वरिष्ठ नेता रामचन्द्र पौडेल, वर्तमान महामन्त्री डा. शशांक कोइराला, नेताद्वय प्रकाशमान सिंह र डा. शेखर कोइरालाको दाबी छ। चारै नेताबीच पछिल्ला दिनमा दिनहुँ छलफल भइरहे पनि सहमति भएको छैन।

यसअघि मंगलबारको छलफलमा महामन्त्री कोइरालाले वरिष्ठ नेता पौडेलका नाममा सहमति भएमा आफू छाड्न तयार रहेको बताएका थिए। शशांक पौडलप्रति लचक भए पनि उक्त छलफलमा शेखर र प्रकाशमान टसमस भएनन्।

बुधबार पुनः शीर्ष नेतासहित नेता सिंहको निवास चाक्सीबारीमा छलफल भयो।

उक्त छलफलले पनि सर्वसम्मत उम्मेद्वार चयन गर्न सफल भएन। छलफलमा नेता पौडेलले त सहमति नगर्ने भए आफूलाई पार्टीबाटै बिदा गर्न पनि भनेका थिए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell