
बलिउड अभिनेत्री कट्रिना कैफ र अभिनेता विक्की कौशलबिच आज विवाह हुँदैछ। राजस्थानको जयपुरस्थित ७०० वर्ष पुरानो सिक्स संसेस बरवाडा फोर्टमा वैवाहिक कार्यक्रम आयोजना हुँदैछ।
हाल होटल बनिसकेको फोर्ट भित्र पूजा भइरहेको र दिउँसो १२ बजे जन्तीको कार्यक्रम सुरु हुने बताइएको छ। भिन्टेज कारमा चढेर फोर्टमा विक्कीको प्रवेशथ हुने भारतीय संचारमाध्यमले उल्लेख गरेका छन्। गुलाबको फूलहरुले जन्तीको स्वागत गरिनेछ। त्यसपछि घोडामा बसेर विक्की विवाह मण्डपमा पुग्ने कार्यक्रम बनेको छ। मण्डपलाई पनि शाही तरिकाले सजाइएको छ। कट्रिना परम्परागत डोलीमा बसेर विवाहस्थलमा पुग्नेछिन्।
विवाहमा सरिक हुन बलिउड कलाकार, व्यापारी र दुवैका आफन्तहरु जयपुर पुगिसकेका छन्। कट्रिना र विक्कीको विवाहलाई मध्यनजर गर्दै जयपुरमा सुरक्षा व्यवस्था कडा पारिएको छ। कोभिड १९ प्रोटोकललाई पालना गर्दै विवाह कार्यक्रम हुनेछ। विवाहमा करिब १८० पाहुनालाई निमन्त्रणा दिइएको छ।