PahiloPost

Sep 10, 2025 | २५ भदौ २०८२

दृश्यमा कांग्रेसको महाधिवेशन स्थल

दृश्यमा कांग्रेसको महाधिवेशन स्थल

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : नेपाली कांग्रेसको १४ औँ महाधिवेशन भोलिबाट सुरु हुँदै छ। समय नजिकिदैं गर्दा महाधिवेशन स्थल श्रृगार्न थालिएको छ।

भोलिदेखि सुरु हुने महाधिवेशनको उद्घाटन सत्र भृकुटीमण्डपमा हुनेछ। उद्घाटन सत्रलाई भव्य बनाउन अहिले भृकुटीमण्डप क्षेत्रलाई सजाउन काम भइरहेको छ। साथै, मञ्च बनाउन समेत सुरु भइसकेको छ। अहिले भृकुटीमण्डपमा पार्टीको झन्डा र विभिन्न नेताहरूको प्रचारका ब्यानर, पोस्टर झुन्डिन थालिसकेका छन्।

त्यस्तै महाधिवेशन स्थलमा नेता तथा कार्यकर्ताहरू समेत आउन थालिसकेका छन्। महाधिवेशन स्थललाई सुरक्षित गर्न सुरक्षाकर्मी समेत तैनाथ गरिएको छ। सिसी क्यामरा जडान गरेर निगरानी समेत भइरहेको छ।



ट्रेन्डिङ पोस्ट

Ncell