PahiloPost

Jun 22, 2026 | ८ असार २०८३

ट्राफिकले चिट काट्ने वित्तिकै ‘अन द स्पट’ जरिवाना तिर्न सकिने, कागजात तत्कालै फिर्ता



पहिलोपोस्ट

ट्राफिकले चिट काट्ने वित्तिकै ‘अन द स्पट’ जरिवाना तिर्न सकिने, कागजात तत्कालै फिर्ता

काठमाडौं: ट्राफिक प्रहरीले नियम उल्लंघन गरी कारवाहीमा परेका सवारी चालकहरुलाई ‘अन द स्पट’ जरिवाना तिर्न सक्ने सुविधा सुरु गरेको छ। सवारी चालकहरुले जरिवाना रकम कारवाहीमा परेलगत्तै स्थलबाटै तिरेर आफ्नो कागजात फिर्ता लिन सक्ने महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ।

अहिले काठमाडौं उपत्यकाबाट ट्राफिक कारवाहीमा परेर नियन्त्रणमा लिइएका कागजात निश्चित ट्राफिक कार्यालयमा लग्ने गरिएको छ।

सवारीधनीले अनलाइन भुक्तानी वा ग्लोबल आइएमई बैंकको कुनै पनि शाखामा जरिवाना भुक्तानी गरी त्यसको प्रमाण लिएर सम्बन्धित कार्यालयमा गएपछि कागजात फिर्ता पाउने गरेका छन्।

साथै, ट्राफिक प्रहरी महाशाखाले डकुमेन्ट ट्र्याकिङ प्रणालीमार्फत् एसएमएस पठाएर कारवाहीमा नियन्त्रणमा लिइएको कागजात कुन कार्यालयमा छ भनेर बुझ्न सकिने व्यवस्था गरेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell