PahiloPost

May 10, 2026 | २७ बैशाख २०८३

कोरोनाका कारण स्वास्थ्य क्षेत्रमा देखिएको असहजतासँग जुध्न नेश्नल गार्ड खटाउँदै अमेरिकी राज्यहरु



पहिलोपोस्ट

कोरोनाका कारण स्वास्थ्य क्षेत्रमा देखिएको असहजतासँग जुध्न नेश्नल गार्ड खटाउँदै अमेरिकी राज्यहरु
Photo : National Guard Bureau

अमेरिकाको मेने र न्यूयोर्कमा गभर्नरले राज्यमा स्वास्थ्य सेवा सहज बनाउनका लागि नेश्नल गार्ड तैनाथ गर्ने निर्णय गरेको छ। कोभिड १९ संक्रमणका कारण स्वास्थ्य सेवामा गम्भीर असर परेपछि नेश्नल गार्ड खटाइएको हो।

न्यूयोर्क नेश्नल गार्डले आफूहरुले बुधवार १२० जना मेडिकल टेक्निसियनसहित गार्डहरु खटाएको जनाएको छ। स्वास्थ्य शिविरमा काम गर्ने मेडिकल स्टाफको संख्या कम भएपछि न्यूयोर्कका गभर्नर क्याथी होचुलले यस्तो निर्णय गरेको बताइन्। होचुलले आउने दिनमा अस्पतालमा समेत नेश्नल गार्ड तैनाथ गर्न सकिने बताएकी छिन्।

यता, मेनेमा भने कोरोना संक्रमण बढेपछि नेश्नल गार्ड तैनाथ गरिएको छ। मेनेका गर्भनर जेनेट मिल्सले स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन यस्तो निर्णय लिएको बताए। मेनेमा बुधवारमात्रै ३७९ जनामा संक्रमण देखिएको थियो। हाल त्यहाँ ६० जना भेन्टिलेटरमा छन्। हाल त्यहाँ ४२ आइसीयु बेडमात्र खाली छन्।

यस्तै, न्यू ह्यापशिरका गर्भनर क्रिस्टोफर सुनुनुले पनि कोरोना महामारीसँग लड्न संघीय आपतकाल व्यवस्थापन एजेन्सी र नेश्नल गार्डलाई तैनाथ गर्ने तयारी गरेका छन्। आउने केही दिनमा अस्पतालहरुमा सहयोग गर्न ७० नेश्नल गार्डलाई खटाइने उनले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell