PahiloPost

Aug 10, 2026 | २५ साउन २०८३

राजनीतिक स्थिरता र कांग्रेसको एकताका लागि सभापतिमा फेरि शेरबहादुर देउवा : बालकृष्ण खाण



पहिलोपोस्ट

राजनीतिक स्थिरता र कांग्रेसको एकताका लागि सभापतिमा फेरि शेरबहादुर देउवा : बालकृष्ण खाण

काठमाडौं : नेपाली कांग्रेसका नेता एवम् गृहमन्त्री बालकृष्ण खाणले पार्टी सभापतिमा फेरि शेरबहादुर देउवा नै दोहोरिने बताएका छन्। कांग्रेसको १४ औं महाधिवेशनको सिलसिलामा केन्द्रीय कार्यालय सानेपा पुगेका खाणले राजनीतिक स्थिरता र एकताका लागि देउवाको नेतृत्व आवश्यक रहेको बताएका हुन्।

'राजनीतिक स्थिरता र नेपाली कांग्रेसको एकताका लागि सभापतिमा फेरि शेरबहादुर देउवा' उनले भने।

गृहमन्त्री खाणले भोलि सुरु हुने महाधिशेवनमा आफू महामन्त्रीको दाबेदार रहेको देउवालाई बताइसकेका छन्। कांग्रेसको विधान अनुसार महाधिवेशनबाट दुईजनामात्रै महामन्त्री निर्वाचित हुन सक्छन्। तर, संस्थापन समुहमा नै महामन्त्रीका आकांक्षी धेरै हुँदा सबैलाई मिलाउन देउवालाई सकस परेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell