PahiloPost

Sep 21, 2024 | ५ असोज २०८१

पार्टी कार्यालय पुगे सभापति शेरबहादुर देउवा, प्रचारका लागि झुन्ड्याएको ब्यानर प्रहरीले थुत्यो

पार्टी कार्यालय पुगे सभापति शेरबहादुर देउवा, प्रचारका लागि झुन्ड्याएको ब्यानर प्रहरीले थुत्यो

पहिलोपोस्ट /पहिलोपोस्ट


 काठमाडौं : नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा सहभागी हुन सभापति शेरबहादुर देउवा पार्टी कार्यालय सानेपा पुगेका छन्।

बैठकमा शुक्रवारदेखि सुरु हुने पार्टीको १४औँ महाधिवेशनमा पेश गरिने कार्यसूची, महाधिवेशनको तयारी लगायत विषयमा छलफल गर्न ललितपुरको सानेपास्थित पार्टी कार्यालय पुगेका हुन् सभापति शेरबहादुर देउवा। पार्टी कार्यालय सानेपमा यतिखेर छुट्टै रौनक देखिएको छ। कार्यालय अगाडि भत्किएका सडक समेत मर्मत गरिएको छ।

चुनावी प्रयोजनका लागि पार्टी कार्यालयमा महाधिवेशन लक्षित व्यानरहरु टाँगिएको थियो। तर, सुरक्षाकर्मीले त्यस्ता व्यानर हटाएका छन्। निर्वाचन आचरसंहिता अनुसार ठूला ठूला व्यानर, प्रचार सामाग्री टाँस्न पाइँदैन।

महाधिवेशन यही मङ्सिर २४ देखि २७ गतेसम्म काठमाडौँमा हुँदैछ। महाधिवेशनको उद्घाटन मङ्सिर २४ गते दिउँसो १ बजे भृकुटीमण्डपमा हुने छ। त्यहीँ नै बन्द सत्र हुनेछ भने भृकुटीमण्डप र राष्ट्रियसभा गृहमा मतदान हुने पार्टी कार्यालयले जनाएको छ। पार्टीको केन्द्रीय निर्वाचन समितिका अनुसार महाधिवेशन प्रतिनिधिको नामावली प्रकाशन यही मङ्सिर २४ गते बिहान १० बजे हुनेछ।

यसैगरी, उम्मेदवार मनोनयन दर्ता मङ्सिर २५ गते बिहान १० देखि साँझ ५ बजेसम्म, उम्मेदवारी मनोनयन दर्ता उपर दाबी विरोध र जाँचबुझ मङ्सिर २५ गते साँझ ५ देखि ७ बजेसम्म र दाबी विरोध उपर निर्णय मङ्सिर २५ गते साँझ ७ देखि ९ बजेसम्म हुने समितिले जनाएको छ।

तर, महाधिवेशन नजिकिँदै गर्दा अहिलेसम्म सभापति पदमा कसकसले उम्मेद्वारी दिने भन्ने प्रष्ट भइसकेको छैन।



ट्रेन्डिङ पोस्ट

Ncell