PahiloPost

May 10, 2026 | २७ बैशाख २०८३

सानेपामा जब नमस्कार गर्दै कार्यकर्ता माझ पुगे कांग्रेस नेता

सानेपामा जब नमस्कार गर्दै कार्यकर्ता माझ पुगे कांग्रेस नेता

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा अहिले नेता कार्यकर्ताको भिड लागेको छ। भोलिबाट सुरु हुने कांग्रेसको १४ औं महाधिवेशन अघि केन्द्रीय समितिको बैठकका लागि नेताहरु सानेपा पुगेका हुन्।

प्रधानमन्त्री शेरबहादुर देउवा पनि सानेपा पुगेका छन्। प्रधानमन्त्री बनेपछि देउवा दोस्रोपटक पार्टी कार्यालय पुगेका हुन्। पार्टीको बैठक कार्यालयमा नराखी बालुवाटार र बुढानीलकण्ठमा राखेको भन्दै उनको आलोचना हुँदै आएको छ।

भोलिबाट सुरु हुने महाधिवेशनको तयारीका लागि बोलाइएको बैठक पदाधिकारीका आकांक्षी नेताहरु पुग्ने क्रम सुरु भएसँगै सानेपाको माहोल रमाइलो बनेको छ। नेताहरु नमस्कार गर्दै प्रतिनिधि र कार्यकर्तासँग भेटिरहेका छन्।

संस्थापन पक्षबाट सभापतिमा प्रधानमन्त्री शेरबहादुर देउवा फेरि उठ्ने निश्चित छ। उनलाई विमलेन्द्र निधि र कल्याण गुरुङले टक्कर दिने पनि घोषणा गरिसकेका छन्। संस्थापन इतार समुहले भने साझा उम्मेदवार तय गर्न सकेको छैन।

प्रकाशमान सिंहले आफू सभापतिको होडबाट पछि नहट्ने बताइसकेका छन्। संस्थानपन इतरबाट रामचन्द्र पौडेल र शेखर कोइरालाले पनि सभापतिमा दाबी गरिरहेका छन्।



ट्रेन्डिङ पोस्ट

Ncell