PahiloPost

Dec 28, 2024 | १३ पुष २०८१

रामचन्द्र पौडेलले गरे केन्द्रीय समिति बैठक बहिस्कार, दुई सह महामन्त्री थपिने विषयमा आपत्ति



नेत्र तामाङ

रामचन्द्र पौडेलले गरे केन्द्रीय समिति बैठक बहिस्कार, दुई सह महामन्त्री थपिने विषयमा आपत्ति

काठमाडौं : नेपाली कांग्रेसको महाधिवेशनको अघिल्लो दिन डाकिएको पार्टीको केन्द्रीय समिति बैठक नेता रामचन्द्र पौडेलले बहिस्कार गरेका छन्।

केही बेर अघिमात्र ललितपुरको सानेपमा केन्द्रीय समिति बैठकका लागि पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा उपस्थित भइसकेका छन्। संस्थापन इतरबाट पार्टी सभापति पदकका दावेदार समेत रहेका पौडेले केन्द्रीय समिति बैठकमा नआउने जानकारी दिएका हुन्।

अधिवेशनको मुखैमा पार्टी विधान संशोधन गर्न लागेको भन्दै उनले बैठक बहिस्कार गरेका हुन्। अन्तिम समयमा विधान संशोधन गर्न लागेको थाहा पाएपछि मुख्य सचिव कृष्णप्रसाद पौडेललाई फोन गरेर पौडेलले बैठकमा आफू उपस्थित नहुने बताएका हुन्।

संस्थापनइतरबाट सभापतिमा आफ्नो एकल दावेदारी हुनुपर्ने अडान कस्दै आएका पौडललाई उक्त समूहलाई एकमतले मनाउन सकिरहेका छैनन्। संस्थापनइतरका प्रकाशमान सिंहले उम्मेदवारी नछाड्ने अड्डी कसेर प्रचार अभियान अगाडि बढाइसकेका छन् भने सोही समूहका शेखर कोइरालाले पनि मैदान खाली गरेका छैनन्। महामन्त्री शशांक कोइरालाले पौडेलप्रति सकारात्मक धारणा राखे पनि त्यसलाई खुलेर प्रचारमा ल्याएका छैनन्।  

कांग्रेसमा हाल ८ सह महामन्त्री रहेकोमा खुलातर्फ थप दुई पद थप्न लागेको भन्दै पौडेलले आपत्ति जनाएका हुन्। दुई सह महामन्त्री थप्ने विषयलाई लिएर उनले आजको बैठक बहिस्कार गरेका हुन्। दुई सहमहामन्त्री थपिएसँगै यस पदमा कांग्रसका १० जना नेताले पदाधिकारीले ठाउँ पाउनेछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell