PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

ओली अस्वस्थ भएपछि पत्रकार भेटघाट कार्यक्रममा प्रदीप ज्ञवाली



पहिलोपोस्ट

ओली अस्वस्थ भएपछि पत्रकार भेटघाट कार्यक्रममा प्रदीप ज्ञवाली
फाइल फोटो

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बिरामी भएका छन्। रुघाखोकी र ज्वरो आएपछि ओलीले भेटघाटका कार्यक्रम स्थगित गरेर घरमै आराम गरिरहेको उनको सचिवालयले जनाएको छ। उनको साटो पत्रकारसँगको भेटघाटमा पार्टी उप महासचिव तथा पार्टी प्रवक्ता प्रदीप ज्ञवाली उपस्थित भएका छन्।

आज तीनकुनेमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा ओली जान नसकेका हुन्। धपेडीका कारण अस्वस्थ भएको हुनसक्ने उनको सचिवालयले जनाएको छ।

सामान्य ज्वरो आएकाले ओलीले घरमै आराम गरिरहेका छन्। १०औं महाधिवेशन सम्पन्न भएपछि ओलीले पहिलोपटक सञ्चारकर्मीसँग अन्तर्किया गर्न लागेका थिए। यसअघि उनले महाधिवेशनको केही दिन अघि पनि सम्पादकहरुसँग भेट गरेका थिए।

दोस्रो कार्यकाल अध्यक्ष भएपछि ओलीले एमालेको दोस्रो केन्द्रीय कमिटीको बैठक मंसिर २५ र २६ गते बोलाएका छन्। उक्त बैठकले स्थायी कमिटी, पोलिटब्युरो गठन लगायतका निर्णय गर्ने एमालेका नेताहरुले बताएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell