PahiloPost

Jun 22, 2026 | ८ असार २०८३

कांग्रेस केन्द्रीय समिति बैठक सुरु, गएनन् पौडेल र सिंह



पहिलोपोस्ट

कांग्रेस केन्द्रीय समिति बैठक सुरु, गएनन् पौडेल र सिंह

काठमाडौं : सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सुरु भएको छ। पार्टी कार्यालय सानेपामा सभापति शेरबहादुर देउवाको अध्यक्षतामा बैठक सुरु भएको हो।

भोलिबाट सुरु हुने महाधिवेशनको तयारी लगायतका विषय प्रमुख एजेन्डा रहेको बैठकमा विधान संशोधन हुने भन्दै रामचन्द्र पौडेलले बहिस्कार गरेका छन्। साथै सभापति पदका अर्का प्रत्यासी प्रकाशमान सिंहले पनि बैठकमा उपस्थित छैनन्।

नेपाली कांग्रेसमा ८ सह महामन्त्री रहेकोमा देउवा नेतृत्वले दुई सह महामन्त्री खुला तर्फ थप गर्ने तयारी अगाडि बढाएपछि पौडेलले असन्तुष्टि जनाएका थिए। त्यसैलाई आधार बनाउँदै उनले बैठकमा अनुपस्थित रहने खबर गरेका थिए।

मंसिरको पारिलो घाम ताप्दै पार्टी कार्यालय बीपी स्मृति भवनको छतमा केन्द्रीय समिति बैठक बसिरहेको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell