PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

प्रभावशाली कानुन व्यवसायीले अदालतको हुर्मत लिइरहेका छन् : प्रदीप ज्ञवाली



पहिलोपोस्ट

प्रभावशाली कानुन व्यवसायीले अदालतको हुर्मत लिइरहेका छन् : प्रदीप ज्ञवाली

काठमाडौं : नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले प्रभावशाली कानुन व्यवसायीले सर्वोच्च अदालतको हुर्मत लिइरहेको आरोप लगाएका छन्। काठमाडौंको तीनकुनेमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले अदालतमा न्यायाधीशहरुले मुद्दा नहेरेर अनौठो व्यवहार देखाएको समेत बताए।

'प्रभावशाली मानिने कानुन व्यवसायीले अदालतको हुर्मत लिइरहेका छन्,'उनले भने।

ज्ञवालीले एमालेले तत्कालीन वरिष्ठ नेता माधवकुमार नेपाल लगायतका सांसदहरुलाई कारवाही गरेको भए पनि सभामुख अग्निप्रसाद सापकोटाले कारवाहीको सूचना ननिकालेर पक्षपात पूर्ण व्यवहार गरिरहेको दोहोर्‍याए। संसदको गतिरोध अन्त्यका लागि एमालेले लगातार आवाज उठाइरहेको भए पनि सरकारले सुनुवाइ नगरेको उनको आरोप छ।

'कारवाही गरेको विषय सिरियसली उठाइरहेको भए पनि सुनुवाइ भएको छैन्,'ज्ञवालीको भनाइ छ। एमालेले सभामुखले आफूले कारवाही गरेकाहरुको बारेमा सूचना ननिकालेसम्म संसद चल्न नदिने बताउँदै आएको छ।

एमालेले एक वर्ष अघि देखि नै ताजा जनादेशमा जान भनेको भए पनि त्यतातिर देश नजाँदा अहिलेको परिस्थिति उत्पन्न भएको उनको भनाइ छ। 'सबै कुराको निकास ताजा जनादेश हो भन्ने कुरा एमालेले एक वर्ष अघिदेखि भनिरहेको छ,' ज्ञवालीले भने।

सरकारका काम जनविरोधी भएको भन्दै उनले एमालेका कार्यकर्ताले विकास बजेट काटिएकोमा प्रतिवाद गर्ने बताए।

ज्ञवालीले लोकतन्त्रलाई कानुनी लिक भन्दा बाहिर लिने काम भएको आरोप समेत लगाए। उनले त्यसका विरुद्ध एमालेको जनसंगठन आन्दोलित हुने बताए।

भने,'सरकारका जनविरोधी काम छन्। जहाँ जहाँ विकास बजेट काटिएको छ त्यहाँ जनता आन्दोलित हुनेछन्।  हाम्रा जनसंगठन प्रतिवादमा उत्रनेछन्।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell